काठमाडौं : करिब दुई वर्षदेखि महामारीको रूपमा फैलिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का पुग्यो। कोरोनाको संकट कम भएसँगै केही महिनादेखि पर्यटन क्षेत्र लयमा फर्किदै थियो। विदेशी पर्यटक नेपाल घुम्न आउने मौसम भएकाले बाह्य पर्यटकको चहलपहल बढ्दै गएको थियो। नेपालका विभिन्न क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै थियो। पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको थियो। विशेषगरी सरकारले विदेशी पर्यटकलाई ‘अन अराइभल भिसा’ व्यवस्था गरेसँगै पर्यटक आगमन