गणपति लघुवित्तको लाभांश स्वीकृत

नेपाल राष्ट्र बैंकले गणपति लघुवित्तको लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकले मङ्सिर ६ गते पत्राचार गर्दै साधारणसभाबाट पारित गराएर वितरण गर्ने लाभांश स्वीकृत गरेको कम्पनीले जनाएको छ  ।यस संगै कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुलेको छ  । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी १२ करोड ७३ लाख ५६ हजार रहेको छ । राष्ट्र बैंकले स्वीकृति दिएसंगै अब  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले नेप्से मार्फत जानकारी गराएको पत्रमा भनिएको छ 'उपर्युक्त सम्बन्धमा नेपाल राष्ट्र बैंकको मिति २०७८ साल मंशिर ६ गते प्राप्त पत्रमार्फत यस वित्तीय संस्थाले प्रस्ताव गरेको चुक्ता पुँजी रु.१२,७३,५६,७५० (बाह करोड त्रिहत्तर लाख छपन्न हजार सात सय पचास मात्र) को १९ प्रतिशतका दरले हुन आउने रकम रु. २,४१,९७,७८२.५० (दुई करोड एकचालिस लाख सन्तानब्बे हजार सात सय बयासी रुपैया, पैसा पचास मात्र) का दरले बोनस शेयर वितरण गर्ने तथा सो बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागी १ प्रतिशतका दरले हुन आउने रकम रु. १२,७३,५६७.५० (बाह लाख त्रिहत्तर हजार पाँच सय सत्सट्टी रुपैया, पैसा पचास मात्र) का दरले नगद लाभांश गरि जम्मा २० प्रतिशत लाभांश आगामी साधारण सभाबाट स्वीकृत गराई वितरण गर्न स्वीकृत प्राप्त भएको व्यहोरा जानकारीको लागी अनुरोध छ।'

सम्बन्धित सामग्री

राष्ट्र उत्थान लघुवित्तको नाफा यो वर्ष करीब ३३ प्रतिशत घट्यो

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ३ करोड ७२ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ५ करोड ५५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष गत वर्षभन्दा करीब ३३ प्रतिशत कम खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज बढ्दा कम्पनीको सञ्चालन नाफा घट्न गई खुद नाफामा समेत असर परेको हो । यस वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. १ करोड ७१ लाखभन्दा बढी रहेको छ ।  गत वर्ष रू. ७ करोड ९३ लाखभन्दा बढी रहेको सञ्चालन नाफा यस वर्ष गत वर्षभन्दा करीब ३३ प्रतिशत नै कम रू. ५ करोड ३१ लाखभन्दा बढी भएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. ८ करोड ३७ लाखभन्दा बढी रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य रू. ६ करोड  २४ लाखभन्दा बढी रहेको थियो । यो वर्ष कम्पनीको वितरणयोग्य नाफा भने बढेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २५ करोड ९९ लाख ५५ हजार रहेको छ । सोही पूँजीको आधारमा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले नेपाल राष्ट्र बैंकले लाभांश स्वीकृत नगर्दा रद्द गरेको छ । कम्पनीको रिटेन्ड अर्निङ रू. ११ करोड ३० लाखभन्दा बढी छ भने जगेडा कोष रकम रू. ९ करोड ५३ लाखभन्दा बढी कायम छ । यस वर्ष कम्पनीले रू. ८६ करोड ३७ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. ३ अर्ब ४९ करोड ८९ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । यस वर्ष कम्पनीको कर्जा सापटी भने रू. २ अर्ब ३२ करोड २५ लाखभन्दा बढी छ । गत वर्ष १ दशमलव १९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ४ दशमलव ९६ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १९ दशमलव १० रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १८० दशमलव १४ रहेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

साना किसान विकास लघुवित्तको लाभांश स्वीकृत

नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्तको लाभांश र वित्तीय विवरण स्वीकृत गरेको छ । साधारणसभाले पारित गरेपछि वितरण गर्ने गरि राष्ट्र बैंकले लाभांश स्वीकृत गरेको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन् आउने ३१ करोड २८ लाख ८२ हजार ७ सय ४५ रुपैयाँ २५ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १.३१५ प्रतिशत गरि कुल २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेसंगै कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुलेको छ ।

मनकामना स्मार्ट लघुवित्तको लाभांश स्वीकृत

नेपाल राष्ट्र बैंकले मनकामना स्मार्ट लघुवित्त वित्तीय सँस्थाको लाभांश स्वीकृत गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि बितरण गर्ने गरि नेपाल राष्ट्र बैंकले कम्पनीको लाभांश स्वीकृत गरेको हो । लघुवित्तको कात्तिक १६ गते बसेको ६६ औं संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७-०७८ मा १७ प्रतिशतले हुन आउने २ करोड ५ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको थियो।  हाल लघुवित्तको चुक्तापुंजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको छ।  स्मार्ट लघुवित्तसँग साउनमा एकीकृत कारोबार गरेकाले सेयरधनिहरुलाई लाभांशमा कर छुट हुनेछ। लघुवित्तको आगामी बार्षिक साधारणसभाले पारित गरे पश्चात उक्त लाभांश सेयरधनिहरुमा वितरण हुनेछ। नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेसंगै कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुलेको छ ।

महुली लघुवित्तको लाभांश स्वीकृत

नेपाल राष्ट्र बैंकले महुली लघुवित्तको लाभांश र वित्तीय विवरण स्वीकृत गरेको छ । साधारणसभाले पारित गरेपछि वितरण गर्ने गरि राष्ट्र बैंकले लाभांश स्वीकृत गरेको कम्पनीले जनाएको छ ।कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २६ प्रतिशतले हुन आउने ५ करोड ८२ लाख २५ हजार ४ सय ४० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी २२ करोड ३९ लाख ४४ हजार रहेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । राष्ट्र बैंकले लाभांश स्वीकृत गरेसंगै कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुलेको छ  ।

नेप्सेमा लक्ष्मी लघुवित्त र आरएसडिसी लघुवित्तको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज कार्तिक ३० गते मंगलबार २ वटा लघुवित्तको शेयर मूल्य समायोजन भएको छ ।  आज लक्ष्मी लघुवित्त र आरएसडिसी लघुवित्तको मूल्य समायोजन भएको हो। यी दुई लघुवित्तले साधारणसभा प्रयोजनको लागि आज कार्तिक ३० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो  ।लक्ष्मी लघुवित्तको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १६०८ रुपैयाँ ८३ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १९३० रुपैयाँ ६० पैसा थियो । त्यस्तै आरएसडिसी लघुवित्तको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ७९२ रुपैयाँ ७३ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ८७२ रुपैयाँ थियो । लक्ष्मी लघुवित्त Laxmi Laghubitta Bittiya Sanstha  ले मङ्सिर १० गते आफ्नो दशौँ बार्षिक साधारणसभा डाकेको छ। लघुवित्तको बार्षिक साधारणसभाका मूल एजेन्डामा गत आर्थिक बर्षको लाभांश स्वीकृत गर्ने रहेको छ। लघुवित्तको यहि असोज १५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्ष २० प्रतिशत बोनस सेयर र ७।३६८४२१ प्रतिशत कर प्रयोजन सहित नगद लाभांश दिने प्रस्ताव गरेको थियो। लघुवित्तले ६ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर र २ करोड ३५ लाख रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो। सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।  बार्षिक साधारणसभाका लागि लघुवित्तले कात्तिक ३० गतेको लागि बुक क्लोज मिति तय गरेको छ। कात्तिक २९ गते सोमबारसम्म कायम सेयरधनिहरुले मात्रै लघुवित्तको बार्षिक साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् । त्यस्तै आरएसडिसी लघुवित्त RSDC Laghubitta Bittiya Sanstha Limited ले मङ्सिर १० गते शुक्रबार बुटवलमा साधारणसभा गर्ने निर्णय गरेको छ ।सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गर्ने छ । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने ७ करोड ३१ लाख ९५ ९ सय ७६ हजार बराबरको  बोनस शेयर र कर प्रयोजन सहितको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५२ हजार ४ सय २० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा उक्त लाभांश बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी ७३ करोड १९ लाख ५९ हजार रहेको छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस संगै कार्तिक २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

गुराँस लघुवित्तको वार्षिक सभाले पारित गर्‍यो १७.७८ % लाभांश

कात्तिक २३, काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको छैटौं वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ ।  धनकुटामा  आयोजित सभाले आर्थिक वर्ष २०७७/ ७८ सम्मको मुनाफाबाट चुक्तापूँजी ८ करोड ३४ लाख रुपैयाँको आधारमा १६ दशमलव ९० प्रतिशत बोनश शेयर र  शून्य दशमलव ८८ प्रतिशत नगद लाभांशसमेत गरी १७ दशमलव ७८ प्रतिशत प्रस्तावित लाभांश स्वीकृत गरेको छ ।   सभाले आर्थिक वर्ष २०७७/ ७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण भएको आव २०७७/ ७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणसहित वित्तीय विवरणहरु तथा कम्पनीकोे प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरु संशोधनको प्रस्तावसमेत पारित गर्नुका साथै आव २०७८/ ७९का लागि लेखापरिक्षक नियुक्तीसमेत गरेको छ । सभाले संस्थापक समूह“क”अन्तर्गत रिक्त रहेका चार जना सञ्चालकहरुमा उदयनारायण बराल, अशोक गौतम, राजु प्रसाद अधिकारी र विजय कुमार दाहाललाई निर्विरोध निर्वाचित गरेको छ । सभा कम्पनीका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

गुराँस लघुवित्तको साधारण सभा आज हुँदै, के के छन् एजेन्डा ?

काठमाडौं, २२ कात्तिक । गुराँस लघुवित्त वित्तीय संस्थाको आज छैठौं वार्षिक साधारण सभा हुँदैछ । कम्पनीको सभाले आज गत आर्थिक वर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, अन्य वित्तीय संस्थासँग मर्जरको लागि संचालक समितिलाई अख्तियारी दिने, संस्थापक समुहबाट चार जना संचालक निर्वाचन तथा मनोनित गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ । लघुवित्तले […]

नेप्सेमा कुमारी बैंक र गुराँस लघुवित्तको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कुमारी बैंक र गुराँस लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । यी दुवै कम्पनीले  साधारणसभा प्रयोजनको लागि आज कार्तिक ८  गते सोमबार बुक क्लोज गरेकोले आज मूल्य समायोजन भएको हो । कुमारी बैंकको ६ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि बैंकको शेयर मूल्य प्रति कित्ता १६४.१५ रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको शेयर मूल्य प्रति कित्ता २८० रुपैयाँ थियो । त्यस्तै गुराँस लघुवित्तको १६.९०६४ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३४८.०९ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १५७६ रुपैयाँ रहेको थियो ।कुमारी बैंकले कात्तिक १६  गतेका लागि साधारणसभा डाकेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट ६ प्रतिशत बोनस र कर प्रयोजनका समेत गरि २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन्। गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य बैंक वित्तीय सँस्थालाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने, बैंकको अधिकृत तथा चुक्तापुंजी वृद्धि गर्ने लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन्। साधारणसभा प्रयोजनार्थ बैंकले कात्तिक ८ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ। यसअनुसार कात्तिक ७ गतेसम्म कायम सेयरधनीधरुले मात्रै बैंकको साधारणसभामा भाग लिन तथा बैंकले दिने लाभांश प्राप्त गर्न सक्नेछन्।गुराँस लघुवित्तले कात्तिक २२ गते सोमबारका लागि साधारणसभा डाकेको छ।  साधारणसभा प्रयोजनार्थ लघुवित्तले यहि कात्तिक ८ देखि २२ गतेसम्मका लागि बुक क्लोजको मिति तय गरेको छ। यसअनुसार कात्तिक ७ गतेसम्म कायम सेयरधनीधरुले मात्रै लघुवित्तको साधारणसभामा भाग लिन तथा बैंकले दिने लाभांश प्राप्त गर्न सक्नेछन्।गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य लघुवित्तलाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने,  लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन् । लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट १६।९० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।८९ प्रतिशत नगद गरि कुल १७।८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन्।हाल लघुवित्तको चुक्तापुंजी ८ करोड ३४ लाख रुपैयाँ रहेको छ। बोनस सेयर वितरण पश्चात लघुवित्तको चुक्तापुंजी ९ करोड ७५ लाख पुग्नेछ। लघुवित्तको साधारणसभाले संस्थापक समुहबाट चार जना संचालकको लागि निर्वाचन गर्नेछ।

कुमारी बैंक र शिवम् सिमेन्ट सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज कार्तिक ७ गते आइतबार ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि कार्तिक ८  गते सोमबार बुक क्लोज गरेका १ बाणिज्य बैंक, १ लघुवित्त र १ रियल सेक्टर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । आज कुमारी बैंक, गुराँस लघुवित्त र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।कुमारी बैंकले कात्तिक १६  गतेका लागि साधारणसभा डाकेको बैंकले छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट ६ प्रतिशत बोनस र कर प्रयोजनका समेत गरि २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन्। गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य बैंक वित्तीय सँस्थालाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने, बैंकको अधिकृत तथा चुक्तापुंजी वृद्धि गर्ने लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन्। साधारणसभा प्रयोजनार्थ बैंकले कात्तिक ८ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ। यसअनुसार कात्तिक ७ गतेसम्म कायम सेयरधनीधरुले मात्रै बैंकको साधारणसभामा भाग लिन तथा बैंकले दिने लाभांश प्राप्त गर्न सक्नेछन्।गुराँस लघुवित्तले कात्तिक २२ गते सोमबारका लागि साधारणसभा डाकेको छ।  साधारणसभा प्रयोजनार्थ लघुवित्तले यहि कात्तिक ८ देखि २२ गतेसम्मका लागि बुक क्लोजको मिति तय गरेको छ। यसअनुसार कात्तिक ७ गतेसम्म कायम सेयरधनीधरुले मात्रै लघुवित्तको साधारणसभामा भाग लिन तथा बैंकले दिने लाभांश प्राप्त गर्न सक्नेछन्।गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य लघुवित्तलाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने,  लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन् । लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट १६।९० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।८९ प्रतिशत नगद गरि कुल १७।८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन्।हाल लघुवित्तको चुक्तापुंजी ८ करोड ३४ लाख रुपैयाँ रहेको छ। बोनस सेयर वितरण पश्चात लघुवित्तको चुक्तापुंजी ९ करोड ७५ लाख पुग्नेछ। लघुवित्तको साधारणसभाले संस्थापक समुहबाट चार जना संचालकको लागि निर्वाचन गर्नेछ। शिवम सिमेन्टले  कार्तिक १६ गते मंगलबार भर्चुअल माध्यमबाट समेत सहभागी हुन् सक्ने गरि सभा गर्न लागेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ । कम्पनीले अहिलेसम्मकै उच्च लाभांश घोषण गरेको छ। कम्पनीले गत आर्थिक बर्षको कमाईबाट २९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। कम्पनीको असोज २२ गते बसेको संचालक समितिको ९२ औं बैठकले गत आर्थिक बर्षबाट दिने लाभांश प्रस्ताव गरेको हो। उक्त लाभांश साधारणसभाले पारित गरे पश्चात सेयरधनिहरुमा वितरण हुनेछ। नगद लाभांश बापत कम्पनीले १ अर्ब २७ करोड ६० लाख रुपैयाँ वितरण गर्ने छ। कम्पनीले आफ्नो चुक्ता पुंजी ४ अर्ब ४० करोडको २९ प्रतिशतले हुन आउने उक्त रकम बराबरको नगद लाभांश प्रस्ताव गरेको हो।  कम्पनीले गत आर्थिक बर्षबाट प्रस्ताव गरेको लाभांश अहिलेसम्मकै उच्च हो। यसअघि शिवम सिमेन्टले २४.२१ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो। कम्पनीले गत आर्थिक वर्ष एक अर्ब ३९ करोड रुपैयाँ नाफा गरेको थियो। कम्पनीले थप कार्य गर्न सक्ने गरि कम्पनीको उदेश्य थप गर्ने विशेष प्रस्ताव पनि सभामा लैजाने भएको छ । कम्पनीले आफ्नो उदेश्यमा 'आइरन ओर, फलाम, खनिज तेल, खनिज नून, डोलोमाइट, खरि, रेडक्ले, चुनढुंगा लगायतका धातु तथा अधातु खनिज पदार्थहरूको खोज अनुसन्धान, संकलन, उत्खनन्, दुवानी तथा खरिद विक्री गर्ने । चुनढुंगा उत्खनन गर्दा निष्कने ओभर वर्डनलाई खानीस्थलबाट व्यवस्थापन गर्न क्रसिंग गरी वा नगरी सडक, पुल भवन, कुलो नहर निर्माणमा आवश्यक पर्ने निर्माण सामाग्रीको रूपमा उपयोग गर्ने, अन्य व्यक्ति वा संस्थालाई हटाउन लगाउने वा विक्री गरी ओभरवोर्डन व्यवस्थापन गर्ने' भन्ने बुँदा थप गर्न लागेको हो ।त्यस्तै सभामा अध्यक्षको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको बार्षिक प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तसम्मको कम्पनीको वासलात तथा सोही मितिमा समाप्त भएको आ. व. २०७७/०७८ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण सहितका ले.प. सम्बन्धि अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने ,  कम्पनीको आ. व. २०७८०७९ को आय व्ययको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने , कम्पनी ऐन २०६३ को दफा ९३ बमोजिम यस कम्पनीका आधारभूत शेयरधनी वा संचालक सम्बद्ध रहेको संस्था तथा यसै संस्थाका सम्बद्ध अन्य कम्पनीसंग गरेको कारोवार छलफल गरी पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छ ।कम्पनीले आफ्नो उद्येश्य एवं परियोजना बमोजिमका कार्यहरूका लागि कम्पनीको चुक्ता पूँजी भन्दा बढि रकम कुनै बैंक तथा वित्तिय संस्थाहरूबाट थप कर्जा सुविधा लिनु परेको खण्डमा पनि कर्जा सम्झौता गरी आवश्यक रकम कर्जा सुविधा लिने सम्बन्धमा आवश्यकतानुसार निर्णय गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्ने प्रस्ताव पेश गर्ने छ।कम्पनीले साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ८ गतेको लागि बुक क्लोज मिति तय गरेको छ। कात्तिक ७ गतेसम्म कायम सेयरधनीहरुले साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन।