नेप्सेमा लक्ष्मी लघुवित्त र आरएसडिसी लघुवित्तको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज कार्तिक ३० गते मंगलबार २ वटा लघुवित्तको शेयर मूल्य समायोजन भएको छ ।  आज लक्ष्मी लघुवित्त र आरएसडिसी लघुवित्तको मूल्य समायोजन भएको हो। यी दुई लघुवित्तले साधारणसभा प्रयोजनको लागि आज कार्तिक ३० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो  ।लक्ष्मी लघुवित्तको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १६०८ रुपैयाँ ८३ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १९३० रुपैयाँ ६० पैसा थियो । त्यस्तै आरएसडिसी लघुवित्तको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ७९२ रुपैयाँ ७३ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ८७२ रुपैयाँ थियो । लक्ष्मी लघुवित्त Laxmi Laghubitta Bittiya Sanstha  ले मङ्सिर १० गते आफ्नो दशौँ बार्षिक साधारणसभा डाकेको छ। लघुवित्तको बार्षिक साधारणसभाका मूल एजेन्डामा गत आर्थिक बर्षको लाभांश स्वीकृत गर्ने रहेको छ। लघुवित्तको यहि असोज १५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्ष २० प्रतिशत बोनस सेयर र ७।३६८४२१ प्रतिशत कर प्रयोजन सहित नगद लाभांश दिने प्रस्ताव गरेको थियो। लघुवित्तले ६ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर र २ करोड ३५ लाख रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो। सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।  बार्षिक साधारणसभाका लागि लघुवित्तले कात्तिक ३० गतेको लागि बुक क्लोज मिति तय गरेको छ। कात्तिक २९ गते सोमबारसम्म कायम सेयरधनिहरुले मात्रै लघुवित्तको बार्षिक साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् । त्यस्तै आरएसडिसी लघुवित्त RSDC Laghubitta Bittiya Sanstha Limited ले मङ्सिर १० गते शुक्रबार बुटवलमा साधारणसभा गर्ने निर्णय गरेको छ ।सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गर्ने छ । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने ७ करोड ३१ लाख ९५ ९ सय ७६ हजार बराबरको  बोनस शेयर र कर प्रयोजन सहितको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५२ हजार ४ सय २० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा उक्त लाभांश बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी ७३ करोड १९ लाख ५९ हजार रहेको छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस संगै कार्तिक २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

सम्बन्धित सामग्री

आरएसडिसी लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आरएसडिसी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको ८ दशमलव ६० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ४८७ दशमलव ७५ कायम भएको छ ।  नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५२९ दशमलव ७० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर बिहीवार दोस्रो बजारमा यस कम्पनीको शेयर कारोबार खुल्नेछ ।