राष्ट्र उत्थान लघुवित्तको नाफा यो वर्ष करीब ३३ प्रतिशत घट्यो

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ३ करोड ७२ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ५ करोड ५५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष गत वर्षभन्दा करीब ३३ प्रतिशत कम खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज बढ्दा कम्पनीको सञ्चालन नाफा घट्न गई खुद नाफामा समेत असर परेको हो । यस वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. १ करोड ७१ लाखभन्दा बढी रहेको छ ।  गत वर्ष रू. ७ करोड ९३ लाखभन्दा बढी रहेको सञ्चालन नाफा यस वर्ष गत वर्षभन्दा करीब ३३ प्रतिशत नै कम रू. ५ करोड ३१ लाखभन्दा बढी भएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. ८ करोड ३७ लाखभन्दा बढी रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य रू. ६ करोड  २४ लाखभन्दा बढी रहेको थियो । यो वर्ष कम्पनीको वितरणयोग्य नाफा भने बढेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २५ करोड ९९ लाख ५५ हजार रहेको छ । सोही पूँजीको आधारमा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले नेपाल राष्ट्र बैंकले लाभांश स्वीकृत नगर्दा रद्द गरेको छ । कम्पनीको रिटेन्ड अर्निङ रू. ११ करोड ३० लाखभन्दा बढी छ भने जगेडा कोष रकम रू. ९ करोड ५३ लाखभन्दा बढी कायम छ । यस वर्ष कम्पनीले रू. ८६ करोड ३७ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. ३ अर्ब ४९ करोड ८९ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । यस वर्ष कम्पनीको कर्जा सापटी भने रू. २ अर्ब ३२ करोड २५ लाखभन्दा बढी छ । गत वर्ष १ दशमलव १९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ४ दशमलव ९६ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १९ दशमलव १० रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १८० दशमलव १४ रहेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्