गुराँस लघुवित्तको वार्षिक सभाले पारित गर्‍यो १७.७८ % लाभांश

कात्तिक २३, काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको छैटौं वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ ।  धनकुटामा  आयोजित सभाले आर्थिक वर्ष २०७७/ ७८ सम्मको मुनाफाबाट चुक्तापूँजी ८ करोड ३४ लाख रुपैयाँको आधारमा १६ दशमलव ९० प्रतिशत बोनश शेयर र  शून्य दशमलव ८८ प्रतिशत नगद लाभांशसमेत गरी १७ दशमलव ७८ प्रतिशत प्रस्तावित लाभांश स्वीकृत गरेको छ ।   सभाले आर्थिक वर्ष २०७७/ ७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण भएको आव २०७७/ ७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणसहित वित्तीय विवरणहरु तथा कम्पनीकोे प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरु संशोधनको प्रस्तावसमेत पारित गर्नुका साथै आव २०७८/ ७९का लागि लेखापरिक्षक नियुक्तीसमेत गरेको छ । सभाले संस्थापक समूह“क”अन्तर्गत रिक्त रहेका चार जना सञ्चालकहरुमा उदयनारायण बराल, अशोक गौतम, राजु प्रसाद अधिकारी र विजय कुमार दाहाललाई निर्विरोध निर्वाचित गरेको छ । सभा कम्पनीका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।    

सम्बन्धित सामग्री

नेप्सेमा सूचीकृत ६० मध्ये ४५ लघुवित्तले गरे लाभांश घोषणा

काठमाडौं । नेप्सेमा सूचीकृत ४५ लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । नेप्सेमा जम्मा ६० लघुवित्त कम्पनी सूचीकृत छन् । अधिकांश लघुवित्त कम्पनीहरूले साधारण सभाबाट लाभांश पारित गरिसकेका छन् भने केहीको बाँकी छ । यी कम्पनीहरूमध्ये सबैभन्दा बढी जाल्पा सामुदायिक लघुवित्तले ७३ प्रतिशत बोनस शेयर र ३ दशमलव ८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै दोस्रोमा उपकार लघुवित्त वित्तीय संस्थाले ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र ३ दशमलव २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्र्ने प्रस्ताव गरेको हो । यस कम्पनीले साधारण सभाबाट लाभांश पारित गरिसकेको छ ।  ४५ कम्पनीहरूमध्ये एनआईसी एशिया लघुवित्तले नगद लाभांशमात्रै वितरण गर्ने घोषणा गरेको छ । त्यस्तै गुराँस लघुवित्तले सबैभन्दा कम ४ प्रतिशत बोनस शेयर र शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  सबैको लघुवित्त, लक्ष्मी लघुवित्त, सिभिल लघुवित्त, आदर्श लघुवित्त, डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त, छिमेक लघुवित्त, स्वाभिमान लघुवित्त, आशा लघुवित्त, स्वरोजगार लघुवित्त जनउत्थान सामुदायिक लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले घोषित लाभांशबारे निर्णय गर्न साधारण सभाको मिति तय गरिसकेका छन् ।  त्यस्तै एनआईसी एशिया लघुवित्त, किसान लघुवित्त, सामुदायिक लघुवित्त, समता घरेलु, विजय लघुवित्त, सूर्योदय वोमी लघुवित्त, नेशनल माइक्रोफाइनान्स लघुवित्त, सामुदायिक लघुवित्त र जीवन विकास लघुवित्तले साधारण सभाको मिति तय गर्न बाँकी छ भने अन्य कम्पनीले साधारण सभाबाट लाभांश पारित गरिसकेका छन् ।  तीन लघुवित्तको लाभांश संशोधन लाभांश घोषणा गरेका लघुवित्तहरूमध्ये तीन कम्पनीको लाभांश संशोधन भएको छ । नेसनल माइक्रोफाइनान्स लघुवित्त, जीवन विकास लघुवित्त र आशा लघुवित्तको लाभांश संशोधन भएको हो । नेशनल माइक्रोफाइनान्स लघुवित्तले यसअघि ३८ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकको निर्देशनपछि संशोधन गरेको हो । यस्तै आशा लघुवित्तले २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकले लाभांश घटाएर स्वीकृति दिएको छ । यस्तै जीवन विकास लघुवित्तको लाभांश पनि संशोधन भएको छ । यसअघि लघुवित्तले २८ प्रतिशत बोनस सेयर र ९ दशमलव ३६ प्रतिशत नगद लाभांश गरी कुल ३७ दशमलव ३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।  लाभांश रद्द  नाडेप लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरणका लागि प्रस्ताव गरेको लाभांश रद्द भएको छ । डिप्रोक्स लघुवित्तसँगको मर्जर तोडिएपछि कुनै अर्को वित्तीय संस्थासँग मर्जरमा नगएसम्म कम्पनीलाई लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर शून्य दशमलव ५२ प्रतिशत नगद गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । संशोधनपछिको लाभांश यस्तो छ  कम्पनीको नाम   २०७८÷७९ को लाभांश ( प्रतिशत)     कुल लाभांश – प्रतिशत)    बोनस शेयर  नगद लाभांश    जाल्पा सामुदायिक लघुवित्त 73 3.8421 76.84 उपकार लघुवित्त 61.75 3.25 65 महिला लघुवित्त 47.5 2.5 50 नेशनल माइक्रोफाइनान्स लघुवित्त  34.45   34.45 जीवन विकास लघुवित्त 26 7.15 33.15 सिवाईसी नेपाल लघुवित्त 30 1.58 31.58 आँधिखोला लघुवित्त 30 1.58 31.58 फरवार्ड लघुवित्त 25 5 30 आरएमडिसी लघुवित्त 26 1.3684 27.37 साना किसान लघुवित्त 26 1.3684 27.37 छिमेक लघुवित्त 22 3.26 25.26 महुली लघुवित्त 20 5 25 नेरुडे लघुवित्त 22 1.1579 23.16 स्वरोेजगार लघुवित्त 22 1.1579 23.16 मिर्मिरे लघुवित्त 23   23 स्वाभिमान लघुवित्त 20 1.0526 21.05 विजय लघुवित्त 20 1.0526 21.05 सामुदायिक लघुवित्त 10 11.0526 21.05 डिप्रोक्स लघुवित्त 10 11.0526 21.05 आदर्श लघुवित्त 20 1.05 21.05 स्वावलम्बन लघुवित्त 15 6.05 21.05 इन्फिनिटी लघुवित्त 20   20 फस्र्ट माइक्रोफाइनान्स लघुवित्त 19 1 20 साधना लघुवित्त 19 1 20 निर्धन उत्थान लघुवित्त 19 1 20 नयाँ सारथी लघुवित्त 19 1 20 कालिका लघुवित्त 19 1 20 लक्ष्मी लघुवित्त 15 5 20 ग्लोबल आइएमई लघुवित्त 12 8 20 मेरो माइक्रोफाइनान्स लघुवित्त 10 10 20 सबैको लघुवित्त 18 0.95 18.95 समता घरेलु लघुवित्त 15 3 18 मिथिला लघुवित्त 15 0.7895 15.79 जनउत्थान सामुदायिक लघुवित्त 15 0.7895 15.79 सूर्योदय वोमी लघुवित्त 15   15  आशा लघु्वित्त 14.2857 0.7143 15 एनआईसी एशिया लघुवित्त   14.75 14.75 समीट लघुवित्त 13.5628 0.7138 14.28 सिभिल लघुवित्त 11 0.58 11.58 सपोर्ट लघुवित्त 11 0.5789 11.58 आरएसडिसी लघुवित्त 8 3 11 एनएमबि लघुवित्त 10 0.5263 10.53 किसान लघुवित्त  7 0.3684 7.37 मनकामना स्मार्ट लघुवित्त 4.75 0.25 5 गुराँस लघुवित्त  4 0.2105 4.21

गुराँस लघुवित्तको साधारण सभा आज हुँदै, के के छन् एजेन्डा ?

काठमाडौं, २२ कात्तिक । गुराँस लघुवित्त वित्तीय संस्थाको आज छैठौं वार्षिक साधारण सभा हुँदैछ । कम्पनीको सभाले आज गत आर्थिक वर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, अन्य वित्तीय संस्थासँग मर्जरको लागि संचालक समितिलाई अख्तियारी दिने, संस्थापक समुहबाट चार जना संचालक निर्वाचन तथा मनोनित गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ । लघुवित्तले […]

नेप्सेमा कुमारी बैंक र गुराँस लघुवित्तको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कुमारी बैंक र गुराँस लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । यी दुवै कम्पनीले  साधारणसभा प्रयोजनको लागि आज कार्तिक ८  गते सोमबार बुक क्लोज गरेकोले आज मूल्य समायोजन भएको हो । कुमारी बैंकको ६ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि बैंकको शेयर मूल्य प्रति कित्ता १६४.१५ रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको शेयर मूल्य प्रति कित्ता २८० रुपैयाँ थियो । त्यस्तै गुराँस लघुवित्तको १६.९०६४ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३४८.०९ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १५७६ रुपैयाँ रहेको थियो ।कुमारी बैंकले कात्तिक १६  गतेका लागि साधारणसभा डाकेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट ६ प्रतिशत बोनस र कर प्रयोजनका समेत गरि २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन्। गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य बैंक वित्तीय सँस्थालाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने, बैंकको अधिकृत तथा चुक्तापुंजी वृद्धि गर्ने लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन्। साधारणसभा प्रयोजनार्थ बैंकले कात्तिक ८ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ। यसअनुसार कात्तिक ७ गतेसम्म कायम सेयरधनीधरुले मात्रै बैंकको साधारणसभामा भाग लिन तथा बैंकले दिने लाभांश प्राप्त गर्न सक्नेछन्।गुराँस लघुवित्तले कात्तिक २२ गते सोमबारका लागि साधारणसभा डाकेको छ।  साधारणसभा प्रयोजनार्थ लघुवित्तले यहि कात्तिक ८ देखि २२ गतेसम्मका लागि बुक क्लोजको मिति तय गरेको छ। यसअनुसार कात्तिक ७ गतेसम्म कायम सेयरधनीधरुले मात्रै लघुवित्तको साधारणसभामा भाग लिन तथा बैंकले दिने लाभांश प्राप्त गर्न सक्नेछन्।गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य लघुवित्तलाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने,  लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन् । लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट १६।९० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।८९ प्रतिशत नगद गरि कुल १७।८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन्।हाल लघुवित्तको चुक्तापुंजी ८ करोड ३४ लाख रुपैयाँ रहेको छ। बोनस सेयर वितरण पश्चात लघुवित्तको चुक्तापुंजी ९ करोड ७५ लाख पुग्नेछ। लघुवित्तको साधारणसभाले संस्थापक समुहबाट चार जना संचालकको लागि निर्वाचन गर्नेछ।

कुमारी बैंक र गुराँस लघुवित्तको शेयरमूल्य समायोजन

कात्तिक ८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार कुमारी बैंक र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले कुमारी बैंकको ६ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २६४ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य रू. २८० को आधारमा शेयरमूल्य समायोजन भएको हो । कुमारी बैंकले यस वर्ष गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको ६ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका लागि २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १६ गते आफ्नै कार्यालय नक्सालमा २१औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११:३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । त्यस्तै, नेप्सेले गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको १६ दशमलव ९०६४ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ३४८ तोकेको छ । कम्पनीको आइतवार रू. १ हजार ५७६ मा अन्तिम कारोबार भएको थियो । गुराँस लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ दशमलव ९० प्रतिशत बोनस शेयर र शून्य दशमलव ८८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी कात्तिक २२ गते साधारण सभा आयोजना गरेको छ । कम्पनीले सभा न्यू अञ्जली होटल धनकुटा नगरपालिका ७ मा बिहान ११ बोलाएको छ । दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कात्तिक ७, काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (आइतवार) रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ८ गतेदेखि २२ गतेसम्म बन्द गर्ने भएसँगै कात्तिक ७ गते (आइतवार)सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ दशमलव ९० प्रतिशत बोनस शेयर र शून्य दशमलव ८८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी कात्तिक २२ गते साधारण सभा आयोजना गरेको छ । कम्पनीले सभा न्यू अञ्जली होटल धनकुटा नगरपालिका ७ मा बिहान ११ बोलाएको छ ।

कुमारी बैंक र शिवम् सिमेन्ट सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज कार्तिक ७ गते आइतबार ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि कार्तिक ८  गते सोमबार बुक क्लोज गरेका १ बाणिज्य बैंक, १ लघुवित्त र १ रियल सेक्टर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । आज कुमारी बैंक, गुराँस लघुवित्त र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।कुमारी बैंकले कात्तिक १६  गतेका लागि साधारणसभा डाकेको बैंकले छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट ६ प्रतिशत बोनस र कर प्रयोजनका समेत गरि २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन्। गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य बैंक वित्तीय सँस्थालाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने, बैंकको अधिकृत तथा चुक्तापुंजी वृद्धि गर्ने लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन्। साधारणसभा प्रयोजनार्थ बैंकले कात्तिक ८ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ। यसअनुसार कात्तिक ७ गतेसम्म कायम सेयरधनीधरुले मात्रै बैंकको साधारणसभामा भाग लिन तथा बैंकले दिने लाभांश प्राप्त गर्न सक्नेछन्।गुराँस लघुवित्तले कात्तिक २२ गते सोमबारका लागि साधारणसभा डाकेको छ।  साधारणसभा प्रयोजनार्थ लघुवित्तले यहि कात्तिक ८ देखि २२ गतेसम्मका लागि बुक क्लोजको मिति तय गरेको छ। यसअनुसार कात्तिक ७ गतेसम्म कायम सेयरधनीधरुले मात्रै लघुवित्तको साधारणसभामा भाग लिन तथा बैंकले दिने लाभांश प्राप्त गर्न सक्नेछन्।गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य लघुवित्तलाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने,  लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन् । लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट १६।९० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।८९ प्रतिशत नगद गरि कुल १७।८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन्।हाल लघुवित्तको चुक्तापुंजी ८ करोड ३४ लाख रुपैयाँ रहेको छ। बोनस सेयर वितरण पश्चात लघुवित्तको चुक्तापुंजी ९ करोड ७५ लाख पुग्नेछ। लघुवित्तको साधारणसभाले संस्थापक समुहबाट चार जना संचालकको लागि निर्वाचन गर्नेछ। शिवम सिमेन्टले  कार्तिक १६ गते मंगलबार भर्चुअल माध्यमबाट समेत सहभागी हुन् सक्ने गरि सभा गर्न लागेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ । कम्पनीले अहिलेसम्मकै उच्च लाभांश घोषण गरेको छ। कम्पनीले गत आर्थिक बर्षको कमाईबाट २९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। कम्पनीको असोज २२ गते बसेको संचालक समितिको ९२ औं बैठकले गत आर्थिक बर्षबाट दिने लाभांश प्रस्ताव गरेको हो। उक्त लाभांश साधारणसभाले पारित गरे पश्चात सेयरधनिहरुमा वितरण हुनेछ। नगद लाभांश बापत कम्पनीले १ अर्ब २७ करोड ६० लाख रुपैयाँ वितरण गर्ने छ। कम्पनीले आफ्नो चुक्ता पुंजी ४ अर्ब ४० करोडको २९ प्रतिशतले हुन आउने उक्त रकम बराबरको नगद लाभांश प्रस्ताव गरेको हो।  कम्पनीले गत आर्थिक बर्षबाट प्रस्ताव गरेको लाभांश अहिलेसम्मकै उच्च हो। यसअघि शिवम सिमेन्टले २४.२१ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो। कम्पनीले गत आर्थिक वर्ष एक अर्ब ३९ करोड रुपैयाँ नाफा गरेको थियो। कम्पनीले थप कार्य गर्न सक्ने गरि कम्पनीको उदेश्य थप गर्ने विशेष प्रस्ताव पनि सभामा लैजाने भएको छ । कम्पनीले आफ्नो उदेश्यमा 'आइरन ओर, फलाम, खनिज तेल, खनिज नून, डोलोमाइट, खरि, रेडक्ले, चुनढुंगा लगायतका धातु तथा अधातु खनिज पदार्थहरूको खोज अनुसन्धान, संकलन, उत्खनन्, दुवानी तथा खरिद विक्री गर्ने । चुनढुंगा उत्खनन गर्दा निष्कने ओभर वर्डनलाई खानीस्थलबाट व्यवस्थापन गर्न क्रसिंग गरी वा नगरी सडक, पुल भवन, कुलो नहर निर्माणमा आवश्यक पर्ने निर्माण सामाग्रीको रूपमा उपयोग गर्ने, अन्य व्यक्ति वा संस्थालाई हटाउन लगाउने वा विक्री गरी ओभरवोर्डन व्यवस्थापन गर्ने' भन्ने बुँदा थप गर्न लागेको हो ।त्यस्तै सभामा अध्यक्षको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको बार्षिक प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तसम्मको कम्पनीको वासलात तथा सोही मितिमा समाप्त भएको आ. व. २०७७/०७८ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण सहितका ले.प. सम्बन्धि अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने ,  कम्पनीको आ. व. २०७८०७९ को आय व्ययको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने , कम्पनी ऐन २०६३ को दफा ९३ बमोजिम यस कम्पनीका आधारभूत शेयरधनी वा संचालक सम्बद्ध रहेको संस्था तथा यसै संस्थाका सम्बद्ध अन्य कम्पनीसंग गरेको कारोवार छलफल गरी पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छ ।कम्पनीले आफ्नो उद्येश्य एवं परियोजना बमोजिमका कार्यहरूका लागि कम्पनीको चुक्ता पूँजी भन्दा बढि रकम कुनै बैंक तथा वित्तिय संस्थाहरूबाट थप कर्जा सुविधा लिनु परेको खण्डमा पनि कर्जा सम्झौता गरी आवश्यक रकम कर्जा सुविधा लिने सम्बन्धमा आवश्यकतानुसार निर्णय गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्ने प्रस्ताव पेश गर्ने छ।कम्पनीले साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ८ गतेको लागि बुक क्लोज मिति तय गरेको छ। कात्तिक ७ गतेसम्म कायम सेयरधनीहरुले साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन।

गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार

कात्तिक ५, काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवारसम्म रहेको छ ।  कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ८ गतेदेखि २२ गतेसम्म बन्द गर्ने भएसँगै कात्तिक ७ गते आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ दशमलव ९० प्रतिशत बोनस शेयर  र शून्य दशमलव ८८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी कात्तिक २२ गते साधारण सभा आयोजना गरेको छ । कम्पनीले सभा न्यू अञ्जली होटल धनकुटा नगरपालिका ७ मा बिहान ११ बोलाएको छ ।

गुराँस लघुवित्तको छैंठौं साधारण सभा कात्तिक २२ गते, १७.७९% लाभांशको प्रस्ताव

कात्तिक १, काठमाडौं । गुराँस लघुवित्तले छैंठौं वार्षिक साधारण सभा कात्तिक २२ गते हुने भएको छ । सभा न्यू अञ्जुली होटल धनकुटामा बिहान ११ बजेदेखि शुरु हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई १६ दशमलव ९० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । बोनस वितरणपछि चुक्तापूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पनि रहेको छ । यसैगरी, सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने/गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ । सभाको अन्य प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्नका साथै, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।   साधारण सभा तथा लाभांश वितरण प्रयोजनाको लागि कम्पनीले कात्तिक ८ गतेदेखि २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कात्तिक ७ गतेसम्मका कायम शेयरधनीले मात्रै सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।

गुराँस लघुवित्तको लाभांश घोषणा

गुराँस लघुवित्त Gurans Laghubitta Bittiya Sanstha ले लाभांश घोषणा गरेको छ ।कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १६.९० प्रतिशतले हुन आउने १ करोड ४१ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.८८९ प्रतिशतले हुन आउने ७ लाख ४२ हजार १ सय ५ रुपैयाँ नगद लाभांश गरि कुल १७.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी ८ करोड ३४ लाख रहेको छ ।