नेप्सेमा सुचिकृत २२ कम्पनीको साधारणसभा आज हुदै (सूचीसहित)

पुस महिनाको अन्तिम दिन आज ३० गते शुक्रबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत २२ कम्पनीले साधारणसभा गर्दै छन् । आर्थिक वर्ष सकिएको ६ महिना भित्र साधारणसभा सम्पन्न गरि सक्नु पर्ने प्रावधानको कारण पुस अन्तिम साताको लागि धेरै कम्पनीले साधारणसभा आह्वान गरेका छन् ।आज खानी खोला हाइड्रो, छ्याङदी हाइड्रो, कालिका पावर, सेन्चुरी कर्मर्शियल बैंक, मैलुङ खोला हाइड्रो, मल्टीपर्पस फाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, सिभिल बैंक, जनउत्थान सामुदायिक लघुवित्त, हिमालयन पावर पार्टनर, हिमालयन बैंक, सानिमा जनरल इन्स्योरेन्स, नबिल बैंक, रिलायन्स फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, आरएमडिसी लघुवित्त, कालिका लघुवित्त , आँधीखोला लघुवित्त, सिद्धार्थ बैंक, र सेन्ट्रल फाइनान्सले सभा गर्न लागेका हुन् ।कतिपय कम्पनीले आफ्नो साधारणसभा भर्चुअल रुपमा गर्नेछन् । सरकारले कोरोना रोकथाम र नियन्त्रण सम्बन्धमा नयाँ आदेश जारी गर्दै २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कनै पनि किसिमको मेला. भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु नगर्ने, नगराउने निर्देशन दिएपछि कम्पनीहरुले भर्चुअल साधारणसभाको बाटो रोजेका हुन्  । यस अघि हिजो पुस २९ गते बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत १५ वटा कम्पनीले साधारणसभा गरेका थिए । हिजो चन्द्रागिरी हिल्स, कृषि विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, मिथिला लघुवित्त, बरुण हाइड्रो, गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, सामुदायिक लघुवित्त, मिर्मिरे लघुवित्त, गुडविल फाइनान्स, माउन्टेन हाइड्रो, मानुषी लघुवित्त, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, मन्जुश्री फाइनान्स, एनसीसी बैंक , र नारायणी  डेभलपमेन्ट बैंकले साधारणसभा गरेका थिए ।  नेप्सेमा सुचिकृत नभएको राष्ट्रिय वाणिज्य बैंक र नेप्से आफैले पनि हिजो साधारणसभा गरेको थियो । 

सम्बन्धित सामग्री

राष्ट्रिय बिमा कम्पनीको साधारणसभा आज

काठमाडौँ– राष्ट्रिय बिमा कम्पनीको वार्षिक साधारणसभा बुधबार बस्दैछ । सभा अमृतभोग क्याटर्स प्रालिमा बिहान ११ बजे सुरु हुनेछ । साधारणसभामा साविकको राष्ट्रिय बिमा संस्थानको आर्थिक वर्ष २०६८-६९, २०६९-७० र २०७०-७१ र निर्जीवन बिमा विभागको आर्थिक वर्ष २०७०-७१, २०७१-७२ र २०७२-७३ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा रहेको छ ।  यस पटक पनि कम्पनीले लाभांश […]

नेसनल लाइफको ३५ औं वार्षिक साधारणसभा सम्पन्न

नेसनल लाइफ कम्पनीको ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो।...

नेपाल दूरसञ्चार कम्पनीको वार्षिक साधारणसभा सम्पन्न

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको पन्ध्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहीबार साधारण सभा सम्पन्न भएको हो। साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद...

युनाइटेड इन्स्योरेन्सको २९ औं वार्षिक साधारणसभा सम्पन्न

युनाइटेड इन्स्योरेन्स कम्पनीको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

मर्जर प्रक्रियामा रहेका यी दुई कम्पनीको साधारणसभा आज

मर्जर प्रक्रियामा रहेका दुई कम्पनीले आज साधारणसभा गर्दैछन् ।  सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले आज साधारणसभा गर्दैछन् ।

एक सय नौ कम्पनीको लाभांश घोषणा, १९ को बोनस नेप्सेमा सूचीकृत

चार कम्पनीको साधारणसभा हुन बाँकी आर्थिक वर्ष ०७७/७८ को मुुनाफाबाट एक सय १९ कम्पनीको लाभांश स्वीकृत भए पनि १९ कम्पनीको बोनस सेयर मात्रै नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै, लाभांश प्रस्ताव गरेका...

रोकियो तीन कम्पनीको साधारणसभा

तीन वटा कम्पनीको साधारणसभा स्थगित भएको छ । जोशी हाइड्रोपावर कम्पनी, महालक्ष्मी विकास बैंक र प्रोग्रेशिभ फाइनान्सको साधारणसभा स्थगित भएको हो ।  जोशी हाइड्रोपावरले माघ २ गते, प्रोग्रेशिभ फाइनान्सले पुस २० गते र महालक्ष्मी विकास बैंकले माघ ४ गते गर्ने भनिएको सभारणसभा स्थगित भएको हो । जोशी हाइड्रोपावर र प्रोग्रेशिभ फाइनान्सको साधारण सभा कोभिड १९ को महामारीका कारण स्थगित भएपछि बैंकको भने गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो । आर्थिक अभियान दैनिकमा खबर छ ।

सय जलविद्युत कम्पनीको साधारणसभा प्रभावित

नेपाल विद्युत नियमन आयोग निष्कृय भएपछि एक सयभन्दा बढी जलविद्युत कम्पनीको साधारणसभा प्रभावित भएको छ । सरकारले आयोगका सदस्यहरुको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै छानबिन समिति गठन गरेपछि एक साता अघिदेखि अध्यक्ष र दुई सदस्य निलम्बनमा परेका छन् । योसँगै आयोगले काम गर्न नसक्दा जलविद्युत प्रवद्र्धक कम्पनीहरुको साधारणसभा प्रभावित भएको हो ।पुसभित्र साधारणसभा सम्पन्न गर्नुपर्ने व्यवस्था भए […]

माथिल्लो तामाकोशीले बोलायो साधारणसभा

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दुई आर्थिक वर्षको साधारणसभा बोलाएको छ । कम्पनीले असोज १९ गतेलाई दुई वर्षको वार्षिक साधारणसभा एकैपटक बोलाएको हो । कम्पनीको साधारणसभा भर्चुअल माध्यमबाट हुने बताइएको छ । साधारणसभाले आर्थिक वर्ष २०७५/७६ मा उपलब्ध गराइएको आर्थिक सहयोग अनुमोदन लगायतका निर्णय गर्ने छ ।साधारणसभाका लागि कम्पनीले असोज ४ गते एकदिन बुक क्लोज गर्ने बताएको छ । जसअनुसार असोज ३ गतेसम्म कम्पनीका सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन पाउँछन् ।