फागुन २९, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज (आइतवार) अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ८ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकिक्ता रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख रहेको छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ८९ लाख पुग्नेछ ।
कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्राएनपी आइआर सि रेटिङ पाएको छ ।
यस्तो रेटिङले समय वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेको देखाउँछ । विक्री प्रबन्धक बि।ओ।के क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर एपबाट उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।