लामो समयसम्मको बन्दाबन्दीका कारण समयमा नै बजार पाउन नसकेपछि लाखौँ रुपियाँ खर्चेर लगाएको तरकारी बारीमा नै नष्ट भएको छ । मोरङको उर्लाबारीस्थित पाठशाला कृषि सहकारी संस्थाका सेयर सदस्यले लगाएको तरकारी बारीमा नै कुहिएपछि लाखौँ रुपियाँ घाटा बेहोर्नुपरेको हो ।