असिनाले धनकुटा र तेह्रथुममा करोडौंको तरकारी नष्ट

धनकुटा : असिनाले धनकुटा र तेह्रथुममा करोडौं रुपैयाँ बराबरको तरकारी बाली नष्ट गरेको छ। बिहीबार साँझ परेको असिनाले धनकुटा र तेह्रथुमको उत्तरी भेगमा तीन फिटसम्म बाक्लो असिना जमेको छ।असिनाले तरकारी बालीमा ठूलो क्षति पुगेको धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिधुवाका किसान मेघेन्द्र गुरुङले बताए। असिना पानीले धनकुटामा मात्र करिब १३ करोड रुपैयाँ बराबरको तरकारी बाली नष्ट गरेको गुरुङले बताए।तीव्र हावाहुरीसँगै परेको असिनाले किसानको अन्नबालीमा समेत असर पुर्‍याएको छ। असिनाले छथर जोरपाटी-६ को पुरै