असिनापानीले ३० बिगाह क्षेत्रफलमा लगाएकाे तरकारी नष्ट

दाङ – बुधबार परेको असिनापानीले तुलसीपुर उपमहानगरपालिका -१३ बखरियाका किसानले करिब ३० बिगाह क्षेत्रफलमा लगाएको  तरकारीमा क्षति पुर्‍याएको छ । असिनासहितको पानी र हावाहुरीले तरकारी खेतीमा क्षति पुर्‍याएको स्थानीय  शिशिर रावतले जानकारी दिनुभएको छ ।  लकडाउनका कारण  विभिन्न समस्या व्यहोर्दै आएका किसाहरू तराकारी खेती असिनाले सखाप बनाएपछि निराश बनेका छन् । बखरियामा करिब ३० बिघा क्षेत्रफलमा तरकारी खेती गरिएको छ । त्यहाँ लगाइएको टमाटर, खुर्सानी, भेडे खुर्सानीलगायतमा अस...

सम्बन्धित सामग्री

असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट - NepaliPatra

ढोरपाटन । सोमबार साँझ परेको असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट गरिदिएको छ । ढोरपाटन नगरपालिका–४ खुङ्खा, लुकुरवन र धिरी क्षेत्रका किसानले लगाएको फापरबाली र तरकारी नष्ट गरिदिएको हो । वर्षासँगै आएको असिनाले १५ मिनेटमै किसानले लगाएको बाली नष्ट गरिदिएको स्थानीय दिलीप बुढाथोकीले गुनासो गरे । उच्च पहाडी क्षेत्र रहेको हुँदा खुङ्गाका किसानले […]

बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट

ढोरपाटन– सोमबार साँझ परेको असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट गरिदिएको छ । ढोरपाटन नगरपालिका–४ खुङ्खा, लुकुरवन र धिरी क्षेत्रका किसानले लगाएको फापरबाली र तरकारी नष्ट गरिदिएको हो ।  वर्षासँगै आएको असिनाले १५ मिनेटमै किसानले लगाएको बाली नष्ट गरिदिएको स्थानीय दिलीप बुढाथोकीले गुनासो गरे । उच्च पहाडी क्षेत्र रहेको हुँदा खुङ्गाका किसानले फापर, […]

बेमौसमी बर्षाले १६ लाख बढीको तरकारी नष्ट

बैमासमी बर्षासंगै आएको बाढीले जिल्लाको शिवराज नगरपालिका–८ देबीपुर गाउका कृषकले बगरमा लगाएको १६ लाख बढीको तरकारी बालीमा क्षति गरेको छ।...

कोरोना महामारीका कारण भक्तपुरमा लाखौँको तरकारी नष्ट

असार ७, भक्तपुर । कोरोना महामारीका जारी गरिएको निषेधाज्ञाले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट भएको छ । खेतमा लगाएको काउली, बन्दा, फर्सीलगायतका तरकारी विक्री नभएपछि खेतमै कुहिएर खेर गएको हो ।  किसानले तरकारी विक्री गर्न नपाएपछि गाई भैसीँलाई खुवाउनु परेको र बाँकी धेरै तरकारीमाथि नै ट्रयाक्टरले जोतेर धान रोपाइँ गर्नुपरेको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीका रोशन गिरीले पाँच रोपनी जग्गामा लगाएको काउली र बन्दा खेतमै कुहाउनु परेको बताए । गत वर्ष पनि यही पीडा भोगेको उनले यस वर्ष पनि गाईलाई खुवाएर बाँकी भएको तरकारी खेतमै कुहाएर मल बनाउनु परेको बताए । गाउँका किसानले निषेधाज्ञाका कारण भक्तपुर बजारसम्म बिक्रीका लागि तरकारी ल्याउन सकेनन् भने पहिला तरकारी लिँदै आएका व्यापारीले समेत तरकारी विक्री हुँदैन नल्याउनु भनेपछि खेतमै कुहाउनु परेको हो । ‘पाँच रोपनी जग्गामा काउली र बन्दा लगाएका थियौँ, बजार बन्द भएकाले हामीले गाउँबाट तरकारी बजार लान सकेनौँ, पहिला तरकारी दिँदै आएको व्यापारीले पनि नल्याउनु भन्यो’, गिरीले भने, ‘कतिपय काउली, बन्दा र फर्सी गाईलाई खुवायौँ, बाँकी भएको खेतमै कुहाएर धान रौप्यौँ तरकारी विक्री नहुँदा यस वर्ष रू. तीन लाख नोक्सान भयो ।’ तरकारीबाट गत वर्षको लकडाउनले रू. दुई लाख नोक्सान भएको र यस वर्ष मल र ज्यालाको पैसा पनि उठाउन नसकेको उनको गुनासो छ ।  स्थानीयवासी समिता गिरीको गुनासो पनि उस्तै छ । जग्गा भाडामा लिएर तीन रोपनीमा लगाएको तरकारी फलेपछि विक्री गर्न नपाएको उनी बताउँछिन् । उनी केही तरकारी विक्री गर्न थालेको बेलामा निषेधाज्ञा हुँदा तरकारी विक्री नहुँदा जग्गाको भाडा तिर्ने पैसा पनि नउठेको बताउँछिन् । स्थानीयवासीको घरघरमा काउली, बन्दा, फर्सी, बोडी फलाउने भएकाले गाउँमा पनि विक्री नहुने र कतिपय सित्तैमा बाँडेको उनको गुनासो छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलका राजुराम कार्कीको गुनासो पनि उस्तै छ । उनको गत वर्षको लकडाउनमा रू. तीन लाख नोक्सान भएको थियो । यो वर्ष रू. चार लाख नोक्सान भएको छ । तरकारी विक्री नहुँदा खेतमै कुहिएको गुनासो गर्दै उनले कोरोनाले गर्दा किसान मारमा परेको बताए । भक्तपुर नगरपालिका, सूर्यविनायकको सिपाडोल, नंखेल, चित्तपोल, चाँगुनारायणको ताथली, सुडाल, वागेश्वरीलगायतका क्षेत्रमा फलाइएको तरकारीले बजार नपाउँदा किसान मारमा परेका हुन् । नगरपालिकाले नोक्सानमा परेका किसानको पहिचान गरी बीउ र मलमा मात्रै राहतको व्यवस्था गर्न सके पनि किसानलाई सहज हुने उनीहरुको भनाइ छ । रासस

भारत : प्रहरी निरीक्षकले हाने गरीबको पेटमा लात !

भारतको पंजाब राज्यमा रहेको फगवाडामा कोरोना निर्देशनहरूको पालना गराउनका लागि प्रहरी निरीक्षक नवदीप सिंहले क्रूर काम गरेका छन् ।  तरकारी बेचिरहेका एक गरीब मजदूरको तराजु उनले खोसे, तरकारी झारिदिए अनि कुल्चीकुल्ची तरकारी नष्ट गरिदिए ।  घटनाको भिडियो भाइरल भएपछि डीजीपी दिनकर गुप्ता र एसएसपी कंवरदीप कौरले नवदीपलाई तत्कालै निलम्बन गरी विभागीय अनुसन्धानको आदेश दिएका छन् ।  सिटी थाना प्रभारी नवदीप सिंह प्रहरी बलसँग मिलेर गश्ती गरिरहेका थिए । त्यसक्रममा उनले तरकारी बेचिरहेका एक मजदूर देखे । त्यसपछि...

असिनाले तरकारी नष्ट

धनकुटा छथरजोरपाटी गाउँपालिका–६ का अमरबहादुर थापाले २५ रोपनीमा बन्दा, आलु, मटर र साग बाली लगाएका थिए। तर, बिहीबार साँझ असिनाले सबै नष्ट गरेको छ। ८ लाख रुपैयाँ नोक्सानी भएको थापाले बताए। ‘आलुबाहेक बन्दाकोभी, मटरकोसा र साग टिप्ने बेला हुन लागेको थियो’, थापाले भने, ‘तर, विनाशकारी असिनाले सबै सोत्तर बनायो।’ उनले लघुवित्त र सहकारीबाट ३ लाख रुपैयाँ ऋण काढेर तरकारी खेती गरेका थिए। तरकारी नष्ट भएपछि ऋण कसरी तिर्ने भन्ने चिन्ता भएको छ। यस्तो विनासकारी असिना २९ वर्षअघि २०४९ सालम...

असिनाले धनकुटा र तेह्रथुममा करोडौंको तरकारी नष्ट

धनकुटा : असिनाले धनकुटा र तेह्रथुममा करोडौं रुपैयाँ बराबरको तरकारी बाली नष्ट गरेको छ। बिहीबार साँझ परेको असिनाले धनकुटा र तेह्रथुमको उत्तरी भेगमा तीन फिटसम्म बाक्लो असिना जमेको छ।असिनाले तरकारी बालीमा ठूलो क्षति पुगेको धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिधुवाका किसान मेघेन्द्र गुरुङले बताए। असिना पानीले धनकुटामा मात्र करिब १३ करोड रुपैयाँ बराबरको तरकारी बाली नष्ट गरेको गुरुङले बताए।तीव्र हावाहुरीसँगै परेको असिनाले किसानको अन्नबालीमा समेत असर पुर्‍याएको छ। असिनाले छथर जोरपाटी-६ को पुरै

शितलहरसँगै डडुवा रोगले तरकारी नष्ट

महेन्द्रनगर-कञ्चनपुरमा डडुवा रोगका कारण तरकारी खेती जोगाउनै मुस्किल परेको छ । जिल्लाको अधिकांश ठाउँमा लगाएको तरकारी खेतीमा डडुवा रोगको संक्रमण बढेसँगै तरकारी खेती गरिरहरेका किसान चिन्तित बनेका छन् । जाडोयाममा तराईमा देखिने शितलतहरको समस्याले विगतमा जस्तै यस वर्षपनि किसानले लगाएको तरकारी खेतीमा डडुवा रोग देखा परेको छ ।दिनभरी लाग्ने हुस्सु र कुहिरोका कारण तरकारी खेतीमा […]

बजार नपाउँदा लाखौँको तरकारी नष्ट

लामो समयसम्मको बन्दाबन्दीका कारण समयमा नै बजार पाउन नसकेपछि लाखौँ रुपियाँ खर्चेर लगाएको तरकारी बारीमा नै नष्ट भएको छ । मोरङको उर्लाबारीस्थित पाठशाला कृषि सहकारी संस्थाका सेयर सदस्यले लगाएको तरकारी बारीमा नै कुहिएपछि लाखौँ रुपियाँ घाटा बेहोर्नुपरेको हो ।

असिनाले तरकारी नष्ट

केही दिनअघि परेको असिनाले तनहुँको व्यास नगरपालिका वडा नं. ११ तल्लो पोल्याङका कृषकको तरकारी नष्ट भएको छ । असिनाले कृषक राजेन्द्र पौडेलले बारीमा लगाएको करिब तीन लाख रूपैयाँ बराबरको तरकारी नष्ट भएको छ ।