काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको भैरहवा शाखाको अगुवाईमा सिद्धार्थनगर सिटी हस्पिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले सिद्धार्थनगर सिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरूमा छुट पाउनेछन् ।सम्झौता अनुसार बैंकका डेबिड कार्ड र मोवाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले ओपीडी टिकट, ल्याब सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा र ईसीजी तथा इको सेवाम