पर्यटन पुनरुत्थानका लागि ५१ बुँदे कार्ययोजना

स्रोत बजारमा प्रवद्र्धनात्मक कार्यक्रम चलाउनुपर्ने सुझावसहित नेपालको पर्यटन क्षेत्र पुनरुत्थानका लागि तत्कालीन र दीर्घकालीन कार्ययोजना तयार गर्न गठन भएको समितिले ५१ बुँदे कार्ययोजना पेस गरेको छ । समितिले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो ।कार्ययोजनामा एक महिनाभित्र गर्न सकिने, तीन महिनामा गर्न सकिने, ६ महिनाभित्र गर्न सकिने, एक वर्षभित्र गर्न […]

सम्बन्धित सामग्री

नेपाल भ्रमण दशक, छैन नयाँ कार्यकम

काठमाडौं :  सरकारले शुक्रबार पर्यटन क्षेत्रको पुनरुत्थानका योजना अन्तर्गत ‘नेपाल पर्यटन दशक’ (२०२३–२०३२) को रणनीतिक कार्ययोजना  सार्वजनिक गर्‍यो। सन् २०३२ सम्ममा वार्षिक ३५ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यसाथ कार्ययोजना ल्याएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। कोरोना भइरस(कोभिड १९) बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने उदेश्यका साथ सो योजना अगाडि बढाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जानकार

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रणनीतिक कार्ययोजना बन्दै

२८ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्ड, जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) ले नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रणनीतिक कार्ययोजना बनाउने भएको छ । कार्ययोजना निर्माणका लागि (एसटीएलआरपी) ले विज्ञहरुको सहभागितामा विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित निकायबीच कार्यशालासमेत आयोजना गरेको बताएको छ । कार्यक्रममार्फत आन्तरिक पर्यटनको वर्तमान स्थिति, आन्तरिक पर्यटनको प्रवर्द्धनमा […]

नेपाल भ्रमण दशक :  पर्यटन क्षेत्र उठाउने प्रयास कि चर्चा कमाउने मेलो?

काठमाडौं :  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन ८ मा पर्यटन पुनरुत्थानका लागि कार्ययोजना सार्वजनिक गर्‍यो। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसले थला परेको पर्यटन क्षेत्र सुधारका लागि भन्दै ७३ बुँदे  पर्यटन पुनरुत्थान कार्ययोजना सर्वजनिक गरेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी जीवनराम श्रेष्ठले सम्हालेसँगै पहिलो कार्यक्रमको रूपमा सो योजना सार्वजनिक गरेका हुन्। तत्कालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन चरणको योजना

पर्यटन प्रर्वद्धनका लागि नेपाल भ्रमण दशक मनाइने

कोभिडले थलिएको पर्यटन पुनरुत्थानका लागि पर्यटन मन्त्रालयद्वारा ७४ बुँदे कार्ययोजना सार्वजनिक, सन् २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक मनाइने योजना कोभिड महामारीले थलिएको पर्यटन पुनरुत्थानका लागि सरकारले सन् २०२३ देखि...

मन्त्रालयले सार्वजनिक गर्यो पर्यटन पुनरुत्थानका ७३ बुँदे कार्ययोजना

काठमाडौं :  पर्यटन क्षेत्र सुधारका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  पुनरुत्थान कार्यक्रम सार्वजनिक गरेको छ। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसले थला परेको पर्यटन क्षेत्र सुधारका लागि ७३ बुँदे  पर्यटन पुनरुत्थान कार्ययोजना सर्वजनिक गरेको छ। कोरोना भाइरसले थला परेको पर्यटन क्षेत्र भर्खरै लयमा फर्किन थालेको छ। त्यसलाई पुनरुत्थान गर्नका लागि सो योजना अगाडि बढाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताए। यो क

पर्यटन पुनरुत्थानका ७३ बुँदे योजना- कानून संशोधन गर्नसम्म तयार (पूर्णपाठ)

काठमाडौं । पर्यटन पुनरुत्थानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७३ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री जीवनराम श्रेष्ठले उक्त योजना सार्वजनिक गरेका हुन् । मन्त्रालयबाट पर्यटन क्षेत्रको विकास र सुधारको लागि सुझाव पेस गर्न विगतमा गठित कार्यदल र समितिको प्रतिवेदनलाई आधार मानेर कार्ययोजना तयार पारिएको मन्त्री श्रेष्ठले […]

पर्यटन पुनरुत्थानको कार्ययोजना बनाइँदै

कोभिड–१९ का कारण लयमा फर्किन नसकेको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि कार्ययोजना बनाएर कार्यान्वयन गरिने भएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रलाई लयमा ल्याउन कार्ययोजना ल्याउने भएका हुन् ।आइतबार मन्त्री नियुक्त भएका श्रेष्ठले सोमबार शपथ ग्रहणपछि मन्त्रालयको कार्यभार सम्हाल्दै पर्यटन क्षेत्रको पुनरुत्थानका लागि विभिन्न समयमा गठन भएका समितिहरुले दिएका प्रतिवेदन […]

पर्यटन क्षेत्र पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताएका छन् ।मंगलबार सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड महामारीबाट पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो संकट परेको र यसलाई समाधान गर्न सबै पक्षको सहकार्य जरुरी हुने बताए । पर्यटन क्षेत्र चाँडै नै लयमा फर्कने र यसका लागि पूर्वतयारी स्वरुप गौतम बुद्ध

‘पर्यटन पुनरुत्थानका लागि सरकार–निजीक्षेत्र सहकार्यको खाँचो’

वीरगञ्ज । कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायको पुनरुत्थानका लागि तहगत सरकार र निजीक्षेत्रबीच सहकार्यको आवश्यकता औंल्याइएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री मणिभद्र शर्माको नेतृत्वमा आएको टोली र वीरगञ्जका उद्यमी व्यवसायीबीच वीरगञ्जमा हालै भएको अन्तरक्रियाका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शर्माले कोरोना महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि गण्डकी प्रदेश सरकारले रचनात्मक कार्ययोजना अघि सारेको दाबी गरे । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले पर्यटनसम्बन्धी कानूनको मस्यौदा तयार गरेको र त्यसमा थप्नुपर्ने विषय तथा संशोधनका बारेमा सरोकारका पक्षसँग सुझाव मागिएको पनि मन्त्री शर्माले बताए । गण्डकी प्रदेशले ल्याउने कानून पर्यटन व्यवसायमैत्री हुने प्रतिबद्धता उनले व्यक्त गरे  । ‘पर्यटन क्षेत्र नेपालको एक प्रमुख आयआर्जनको स्रोत हो । यसको उन्नयनबाटै राष्ट्रिय, प्रादेशिक र स्थानीय अर्थतन्त्रको सबलीकरण सम्भव भएकाले यसमा सरोकारका सबै पक्षको रचनात्मक भूमिकाको खाँचो छ,’ मन्त्री शर्माले भने ।   कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले प्रदेश २ मा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विकासमा संघले आफ्नो भूमिका निर्वाह गर्दै आएको बताए । वीरगञ्ज र आसपासका क्षेत्रको पर्यटकीय सम्भावना उजागर गरिनुपर्नेमा अध्यक्ष गुप्ताले जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले २ नम्बर प्रदेशमा धार्मिक पर्यटनको सम्भाव्यता रहेको बताए । नेपाल र भारतको सामाजिक र संस्कृतिक सम्बन्धका कारण पनि भारतीय पर्यटकको सम्भावना अधिक रहेकाले भारतीय पर्यटक भित्र्याउनुपर्ने अध्यक्ष लाठको भनाइ थियो । अहिले कोरोनाका कारण पर्यटन समस्यामा परेका बेला भारतीय पर्यटकलाई ल्याउन सहजीकरणका उपायमा केन्द्रित हुनुपर्ने उनको सुझाव थियो । हालै सिमरा र पोखरा सीधा हवाई सेवा शुरू भएकाले यसले भारतीय पर्यटकलाई थप आकर्षित गर्न सक्ने उनले औंल्याए । कार्यक्रममा बुद्ध एयरका सञ्चालक परासरजंग पाण्डेले वीरगञ्ज नाका भएर भित्रिने भारतीय पर्यटकलाई लक्षित गरी बुद्ध एयरले बुधवारदेखि सिमरा–पोखरा सेवा शुरू गरेको बताए । आउने २÷३ महीनाभित्रै हवाई यात्रा सोचेभन्दा सुलभ भाडादरमा उपलब्ध हुने दाबी समेत उनले गरे । यसबाट वीरगञ्ज र आसपासका क्षेत्र र पर्यटकीय नगर पोखराबीच पर्यटन प्रवद्र्धनमा सहकार्य र सहयोग प्रवद्र्धन हुने उनले बताए ।