काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन ८ मा पर्यटन पुनरुत्थानका लागि कार्ययोजना सार्वजनिक गर्यो। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसले थला परेको पर्यटन क्षेत्र सुधारका लागि भन्दै ७३ बुँदे पर्यटन पुनरुत्थान कार्ययोजना सर्वजनिक गरेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी जीवनराम श्रेष्ठले सम्हालेसँगै पहिलो कार्यक्रमको रूपमा सो योजना सार्वजनिक गरेका हुन्। तत्कालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन चरणको योजना