न्यायाधीश बैठकको निष्कर्ष– बदलिँदो परिस्थितिमा बन्दी सहितका कुनै पनि मुद्दा नहेर्ने !

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्ग प्रशस्त गर्नुपर्ने माग गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरूले बदलिँदो परिस्थितिमा बन्दी प्रत्यक्षीकरणका मुद्दा समेत हेर्न नसकिने परिस्थिति उत्पन्न भएको निष्कर्ष निकालेका छन् । बन्दीका मुद्दा मात्र हेर्दै आएकोमा नेपाल बार एसोसिएसनले इजलास बहिस्कार गर्ने भएपछि सुनुवाइ हुन नसक्ने निष्कर्ष निकालिएको एक न्यायाधीशले लोकान्तरलाई जानकारी दिए । ‘आजपनि हामीहरूले छलफल गर्‍यौं । शुक्रवारसम्म बन्दीको मात्र मुद्दा हेर्ने भनेका थियौं । शुक्रवार बारले कुनै पनि मुद्दामा बहस नगर्ने भन्ने कुरा ...

सम्बन्धित सामग्री

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश कार्कीको इजलासमा

काठमाडौं :  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश कार्कीको इजलासको ३ नम्बरमा पेसी तोकिएको हो।यसअघि भदौ १० गते नै उक्त मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि हेर्न नभ्याइनेमा परेको थियो। भदौ १० गतेको पेसीमा हेर्न नभ्याउने भई २१ गतेका लागि पेसी तोकिएपछि लामिछाने भदौ ११ गते नै एसिया कप खेल्न पाकिस्तान गएका थिए।

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ ।

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा

काठमाडौं, १२ पुष । सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाई हुँदैछ । उक्त मुद्दा न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा परेको छ । काठमाडौैं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा मुद्दाको सुनुवाइ सुरु भएको जनाईएको छ । अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेको मुद्दा आज (मंगलबार) पेसीमा चढेको थियो । एक किशोरीले दिएको जाहेरीका […]

सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश बेल्बासेको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दा न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा परेको छ । काठमाडौैं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो ।एक किशोरीले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनबाट सरकारले गत कात्तिक १४ गते सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो । अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेको मुद्दा मंगलबार पेसीमा चढेको थियो । लामिछानेले गत भदौ ५ गते राती र भदौ ६ गते बि

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ । मंगलबार जिल्ला न्यायाधीश घिमिरेको इजलासमा पेसी तोकिएको हो ।

कर्णालीमा मुद्दा फर्छ्योट प्रगति उत्कृष्ट : मुख्य न्यायाधीश सिवाकोटी

सर्खेत – उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले कर्णालीमा मुद्दा फर्छ्योट प्रगति उत्कृष्ट रहेको बताएका छन् । उच्च अदालत सुर्खेतद्वारा शुक्रबार आयोजित चालु आव २०७८-०७९ को वार्षिक समीक्षा कार्यक्रममा मुख्य न्यायाधीश सिवाकोटीले तल्लो कर्णालीका पाँच जिल्लाको मुद्दा फर्छ्योट प्रगति हेर्दा लक्ष्यभन्दा माथि नै रहेको बताए । उनले भने, ‘हामीले जनतालाई न्यायको अनुभूति दिलाउने हो […]

कर्णालीमा मुद्दा फछ्र्योट प्रगति उत्कृष्ट छ : मुख्य न्यायाधीश

उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले कर्णालीमा मुद्दा फछ्र्योट प्रगति उत्कृष्ट रहेको बताएका छन् । उच्च अदालत सुर्खेतद्वारा शुक्रबार आयोजित चालु आव २०७८/०७९ को वार्षिक समीक्षा कार्यक्रममा मुख्य न्यायाधीश सिवाकोटीले तल्लो कर्णालीका पाँच जिल्लाको मुद्दा फछ्र्योट प्रगति हेर्दा लक्ष्यभन्दा माथि नै रहेको बताए । उनले भने, “हामीले जनतालाई न्यायको अनुभूति दिलाउने हो । हामीले त्यसैमा दत्तचित्त भएर लाग्नुपर्दछ ।” उच्च अदालत सुर्खेतका वरिष्ठ न्यायाधीश माधवप्रसाद पोखरे

न्यायाधीश र अधिवक्ताविरुद्ध मुद्दा दर्ता गर्दै राप्रपा

काठमाडौं, ९ असार । केही दिन यता अडियो सार्वजनिक भएसँगै विवादमा मुछिएका न्यायाधीश र अधिवक्ताविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको सुशासन विभागको तर्फबाट सर्वोच्चमा उनीहरुविरुद्ध मुद्दा दर्ता हुने भएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेल २ करोड रुपैयाँ घुस लिने र प्रहरीको हिरासतमा […]

न्यायाधीश गौतमको मुद्दा सर्वोच्चद्धारा बदर

काठमाडौं । सर्वोच्च अदालतले जिल्ला न्यायाधीश विनोदकुमार गौतमलाई अख्तियारले लगाएको भ्रष्टाचार मुद्दा बदर गरेको छ । विशेष अदालतमा दायर भएको गौतमविरुद्धको मुद्दा बिहीबार सर्वोच्चले बदर गरेको हो । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने कार्यमा संलग्न भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायाधीश गौतमविरुद्ध अख्तियारले २०७६ माघ २२ गते गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको […]

‘मुद्दा नहेर्ने न्यायाधीश र वकिल मुर्दावाद’ भन्दै काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, १३ मंसिर । स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले आज मुद्दा नहेर्ने न्यायाधीश र वकिलहरुको विरुद्धमा प्रदर्शन गरेको छ । उनीहरुले आज नयाँ बानेश्वरमा ‘जनताको मुद्दा हेर्नैपर्छ, जनताले न्याय पाउनैपर्छ’, मुद्दा नहेर्ने न्यायाधीश मुर्दावादजस्ता लगायतको नारा लगाएका थिए । पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबारको राजीनामा मागेर बार आन्दोलित छ । तर, बारको आन्दोलनको औचित्यमाथि […]