काठमाडाैँ- उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले कर्णालीमा मुद्दा फर्छ्याैट प्रगति उत्कृष्ट रहेको बताएका छन्। उच्च अदालत सुर्खेतद्वारा शुक्रबार आयोजित चालु आव २०७८/०७९ को वार्षिक समीक्षा कार्यक्रममा मुख्य न्यायाधीश सिवाकोटीले तल्लो कर्णालीका पाँच जिल्लाको मुद्दा फर्छ्याैट प्रगति हेर्दा लक्ष्यभन्दा माथि नै रहेको बताए। उनले भने, ‘हामीले जनतालाई न्यायको अनुभूति दिलाउने हो। हामीले त्यसैमा दत्तचित्त […]