कर्णालीमा मुद्दा फर्छ्योट प्रगति उत्कृष्ट : मुख्य न्यायाधीश सिवाकोटी

सर्खेत – उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले कर्णालीमा मुद्दा फर्छ्योट प्रगति उत्कृष्ट रहेको बताएका छन् । उच्च अदालत सुर्खेतद्वारा शुक्रबार आयोजित चालु आव २०७८-०७९ को वार्षिक समीक्षा कार्यक्रममा मुख्य न्यायाधीश सिवाकोटीले तल्लो कर्णालीका पाँच जिल्लाको मुद्दा फर्छ्योट प्रगति हेर्दा लक्ष्यभन्दा माथि नै रहेको बताए । उनले भने, ‘हामीले जनतालाई न्यायको अनुभूति दिलाउने हो […]

सम्बन्धित सामग्री

तीन न्यायाधीशले गरे एक वर्षमा साढे २८ सय मुद्दा  फर्छ्योट

दाङ :  जिल्ला अदालतले  गत आर्थिक  वर्षमा साढे २८ सयभन्दा बढी मुद्दा  फर्छ्योट गरेको छ।  सोमबार  दाङ जिल्ला अदालतले गत आर्थिक वर्षमा सम्पादन गरेको कामको प्रगति समीक्षा गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्य न्यायाधीश रितेन्द्र थापाले एक वर्षको अवधिमा साढे २८ सय बढी मुद्दा फर्छ्योट भएको बताए । उनका अनुसार अदालतले प्रक्षेपण गरेको वार्षिक अनुमानित लगत भन्दा उल्लेख्य रूपमा मुद्दाको संख्या बढेकालेसीमित न्यायाधीशबाट मुद्दा फर्छ्योट गर्न चुनौती थपिएको हो । जिल्ला अदालतमा

सुर्खेत उच्च अदालतमा सबैभन्दा बढी जबर्जस्ती करणीका मुद्दा

सुर्खेत : आर्थिक वर्षको असार मसान्तसम्म उच्च अदालत सुर्खेतमा सबैभन्दा बढी जबर्जस्ती करणी सम्बन्धी मुद्दा परेका छन्।  फौजदारी मुद्दामा सबैभन्दा बढी जबर्जस्ती करणीमा १७२, ज्यान सम्बन्धी १०८  र लागुऔषधसम्बन्धी मुद्दा ९१ थान परेको जनाएको छ।यस्तै, देवानी मुद्दामा सबैभन्दा बढी अंश मुद्दामा १९, सम्बन्धविच्छेद १७ र लेनदेन मुद्दा १३ थान परेका छन्। उच्च अदालत सुर्खेतद्वारा चालु आर्थिक वर्ष २०७८÷०७९ को असार २९ गतेसम्ममा नै वार्षिक कार्य योजनाको लक्ष्यभन्दा १ सय ७१ प्रतिशत बढी मुद्दा फ

जिल्ला अदालत स्याङ्जाद्वारा ५६१ मुद्दा फर्छ्योट

स्याङ्जा । जिल्ला अदालत स्याङ्जाले गत आर्थिक वर्ष (आव) २०७७/०७८ मा ५६१ मुद्दा फछ्र्योट गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ देखि जिम्मेवारी सरेर आएका ३८० र गत आवमा दर्ता भएका ५८७ नयाँ सहित कुल ९४७ मुद्दामध्ये ५६१ ओटाको फैसला भएको जिल्ला अदालत स्याङ्जाका न्यायाधीश वसन्तराज पौडेलले बताए । अदातलबाट ३८६ ओटा मुद्दा फैसला गर्न बाँकी  छ । जिल्ला अदालत स्याङ्जामा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै सम्बन्धविच्छेदका छन् । त्यसपछि क्रमशः अंशबण्डा, ज्यानसम्बन्धी, चोरी डकैती, लेनदेन, ठगी, जबर्जस्ती करणी, जालसाजी, वन, सवारी ज्यान मुद्दा, वहुविवाह लगायतका मुद्दा दर्ता भएको उनले बताए । अदालतमा २ वर्ष नाघेका मुद्दा २१ ओटा छन् भने १८ महीनादेखि २ वर्षसम्मका मुद्दा एउटा मात्रै छ । यस्तै १ वर्षदेखि १८ महीनासम्मका मुद्दा १४२ र ६ महीनादेखि १ वर्षसम्मका मुद्दा १३१ ओटा फैसला गर्न बाँकी रहेको न्यायाधीश पौडेलले बताए । फर्छ्योट हुन बाँकी रहेका ३८६ ओटा मुद्दामध्ये दुनियावादी देवानी २०७, सरकारवादी फौजदारी १२८, दुनियावादी फौजदारी ४९ र पुनरावेदन दुईओटा रहेको जिल्ला अदालत स्याङ्जाका स्रेस्तेदार विश्वप्रसाद रेग्मीले बताए । उना अनुसार गत आवमा अभियुक्तहरूबाट ४९२ वर्ष १ महीना कैद भुक्तानी भएको छ । यस्तै ३८ लाख ७७ हजार ३३८ जरीवाना फर्छ्योट भएको उनले बताए ।

अर्घाखाँची अदालत बन्यो लुम्बिनी प्रदेशकै उत्कृष्ट

अर्घाखाँची जिल्ला अदालत मुद्दा फछर्योट गर्नेमा लुम्बिनी प्रदेशकै उत्कृष्ट अदालत बनेको छ । आर्थिक वर्ष २०७७/०७८ मा लुम्बिनी प्रदेशका अदालतमध्ये सबैभन्दा धेरै मुद्दा फछर्योट गरी उत्कृष्ट बन्न सफल भएको जिल्ला अदालत अर्घाखाँचीका न्यायाधीश वासुदेव न्यौपानेले बताए ।कुल मुद्दाको ७० दशमलव ९३ प्रतिशत मुद्दा फर्छ्योट गरेको अर्घाखाँची अदालत प्रदेशमै सबैभन्दा धेरै प्रतिशत मुद्दा फछर्योट गर्ने अदालत […]