क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दा न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा परेको छ । काठमाडौैं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो ।एक किशोरीले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनबाट सरकारले गत कात्तिक १४ गते सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो । अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेको मुद्दा मंगलबार पेसीमा चढेको थियो । लामिछानेले गत भदौ ५ गते राती र भदौ ६ गते बि