उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले कर्णालीमा मुद्दा फछ्र्योट प्रगति उत्कृष्ट रहेको बताएका छन् । उच्च अदालत सुर्खेतद्वारा शुक्रबार आयोजित चालु आव २०७८/०७९ को वार्षिक समीक्षा कार्यक्रममा मुख्य न्यायाधीश सिवाकोटीले तल्लो कर्णालीका पाँच जिल्लाको मुद्दा फछ्र्योट प्रगति हेर्दा लक्ष्यभन्दा माथि नै रहेको बताए । उनले भने, “हामीले जनतालाई न्यायको अनुभूति दिलाउने हो । हामीले त्यसैमा दत्तचित्त भएर लाग्नुपर्दछ ।” उच्च अदालत सुर्खेतका वरिष्ठ न्यायाधीश माधवप्रसाद पोखरे