बजेटले के सिकाउँछ ?

बजेट सरकारको वित्तीय नीतिको जग हो । पहिलो कुरा त यसले देशले आउँदो १ आर्थिक वर्षमा अहिलेको भन्दा कति आम्दानी बढ्छ, भनेर वृद्धिदर तोक्छ । हालै संसद्बाट पारित प्रतिस्थापन विधेयकबाट हालै ल्याइएको बजेटले ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ । अर्को कुरा यसले १ वर्षमा आमजनताको गोजीमा रहेको नगदको मूल्य कति प्रतिशतले घट्छ भनी मुद्रास्फीति दर तोक्छ । यसपटक यो दर ६ दशमलव ५ प्रतिशत हुने अनुमान गरेको छ । यसको अर्थ आज जनतासँग जति नगद छ, यदि त्यसलाई कतै लगानी गरिएन भने आउँदो वर्ष यसको मूल्य घटेर ९३ रुपैयाँ ५० पैसा हुन्छ । बजेटमा उल्लेख गरिएको आर्थिक वृद्धिदर र मुद्राफीति दर ७ र ६ दशमलव ५ प्रतिशत हुनुको अर्थ नेपालको कुल गार्हस्थ्य उत्पादन आगामी १० वर्ष २ महीनामा ठीक दोब्बर हुन्छ । लगानी गरिएन भने नगदको मूल्य ११ वर्ष ७ महीनामा शून्यमा झर्छ । हिसाबमा यो आए पनि मुद्राको मूल्य बजारमा शून्य त हँुदैन तर बजार मूल्य पक्कै घट्छ । यही कुरा बुझाएर जनताले लगानी गरून् भन्ने उद्देश्यले पनि सरकारले बजेट भाषण सार्वजनिक गर्छ वा गर्नुपर्छ । बजेटमा जनताको हितमा केही घोषणा गरिएको हुन्छ । त्यस कारण पनि बजेट बारेमा जानकार हुन आवश्यक छ । यसअघिको अल्पमतको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गरेर नयाँ बजेट पेश गरिएको हो । १६ खर्ब ३२ अर्ब ८३ करोडको यो बजेटको सबैभन्दा राम्रो पक्ष भनेको अनुगमन, तालीम, गोष्ठी, इन्धन मर्मत, जनचेतना आदि सबै प्रकारका अनुत्पादक भत्तामा १० प्रतिशत कटौती गर्नु हो । यसबाट आउने पैसाबाट भ्याक्सिन किन्ने कार्यक्रम छ । तत्कालका लागि कोरोनाको त्रासबाट मुक्ति दिनु राज्यको कर्तव्य हो । यो कर्तव्य पूरा गर्नमा सरकार बडो मौन तरीकाले सफल हुँदै गएको प्रतीत भएको छ । सम्भावित तेस्रो लहर रोक्न आम भ्याक्सिनेशन अहिले अनिवार्यजस्तै भएको छ । कुनै प्रकारले सामाजिक सञ्जालमा प्रचारप्रसार नगरी अधिकांश प्रौढ जनता र विद्यार्थीहरूलाई खोप दिएर जनताको मनोबल बढाइरहेको सरकारले बजेटमा पनि खोप खरीदलाई प्राथमिता दिनु अति प्रशंसनीय छ । खोप व्यवस्थासँगै ५ लाख अतिविपन्न परिवारलाई कोभिड–१९ को आरोग्य र आर्थिक समस्याबाट छुटकारा दिन प्रतिपरिवार रू. १० हजार उपलब्ध गराउने घोषणा पनि बजेटमा गरिएको छ । त्यो अपुग छ र पनि शुरुआत गरिनु १७ दशमलव ५ प्रतिशत गरीबीको रेखामुनि रहेका जनताका लागि अति आहतमा राहत भएको छ । राजनीतिक परिवर्तनमा बलिदान गर्ने परिवारलाई जीवनवृत्तिका लागि ३ हजार दिने घोषणा गरिएको छ । यो पनि सह्रानीय छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई पुनः जोड दिएर एउटा बृहत्, उत्पादन, प्रशोधन, अनुसनधान तालीमको व्यवस्था गर्ने भनी बजेट बनाइएको छ । यसले कृषकलाई हौसला र कृषिलाई आधुनिकीकरण गर्न सहज देखिएको छ । यहाँनेर एउटा समस्याको विषय फेरि पनि छुटेको छ । प्रत्येक वर्ष रासायनिक मलको अभावले जनता पीडामा छन् । नेपालले रासायनिक मल उत्पादन गर्न सक्ने अवस्था छ छैन त्यस सम्बन्धमा पनि अलिकति पाइला अगाडि बढाउन सकेको भए सुनमाथि सुगन्ध हुने थियो । रासायनिक मलको अभाव सधैं रहने तर यसको कारखाना खोल्न सकिने नसकिने जानकारी नभएकाले पनि जनतामा यस विषयको जिज्ञासा घनीभूत हुँदै गएको छ । यसबारेमा केही जानकारी दिइएको भए रामो हुन्थ्यो । अन्धाधुन्ध डोजर लगाएर पहाडलाई घायल बनाउने किसिमका १ हजार ४०० सडक आयोजनालाई तत्कालका लागि स्थगित गरेर वातावरणप्रति संवेदनशील बन्नुका साथै हिमाालमा छरिएर रहेका टाढाटाढाका पातलो बस्तीलाई एकीकृत गर्ने मौलिक सोच सरकारले बनाएको छ । चुरेको गिट्टीबालुवा खन्ने कार्यलाई पनि रोकिएको छ । उपत्यकाका १० ठाउँमा विपन्न वर्गलाई सुपथ र सुलभ खाना खुवाउने व्यवस्था गरेर एउटा वर्गलाई भोकमुक्त बनाउने प्रयास पनि बजेटले गरेको छ । समग्रमा एक निरपेक्ष नयाँ सोच बजेटमा ल्याइएको छ । जसको नारा ‘पढ्दै कमाउँदै कार्यक्रम’ भन्ने राखिएको छ । यो कसरी गर्ने भन्ने बजेटमा स्पष्ट नभए पनि कक्षा १२ सम्मका विद्यार्थीलाई उद्यमशील बनाउन प्रयास गरेको प्रतीत हुन्छ । यसले गर्दा विद्यार्थीमा उद्यमको माइन्डसेट बन्नेछ र अभ्यासको जानकारी दिने गरी सरकार अगाडि आएको देखिन्छ । महिला पहिला कार्यक्रबाट हरेक क्षेत्रमा महिलालाई कार्यक्षेत्रमा लगाउने प्रयास गरिएको छ । प्रदेश २ र कर्णालीका आवासहीन दलित जनताका लागि आवास बनाउने र क्रमैसँग सबै प्रदेशमा यो कार्यक्रम विस्तार गर्ने विषय बजेटमा समेट्दै सञ्चारको क्षेत्रमा अनलाइन पत्रिकाहरूलाई पनि कल्याणकरी विज्ञापन दिने घोषणा गरिएको छ । कम्पनी ऐन २०६३ र प्राइभेट फर्म रजिस्ट्रेशन एक्ट २०१४ अनुसार दर्ता भएका तर हिसाब नबुझाएका भेन्चरहरूले यही आवको पुस मसान्तसम्म विवरण र शुल्क तथा जरीवानाको ५ प्रतिशत बुझाएर हिसाब राफसाफ गरेमा बाँकी जरीवाना माफ गर्ने व्यवस्था बजेटले गरेको छ । राजस्वबाट १० खर्ब ५० अर्ब ८३ करोड राजस्वबाट र लगभग ६० अर्ब वैदेशिक लगानी जुटाउने भनिएको यो ५ खर्ब ९ अर्ब २२ करोडले न्यून बजेट हो । वर्षेनि न्यून बजेटका कारण सरकारी ऋण बढ्दै जाने भएकाले विभिन्न खर्च कटौती गरेर पहिलाको भन्दा केही सानो आकारको बजेट प्रस्तुत गरिएको छ । फेरि पनि सरकारले करका दायरा बढाएर ऋणको प्रयोजन पूर्णरूपमा आम्दानीमूलक क्षेत्रमा गर्न सके राम्रो हुने थियो । कोभिडको समयमा पनि भारत र चीनको अर्थतन्त्र बढेको छ र आर्थिक वृद्धि पनि बढेको छ तापनि पूर्वाधार विकासका लागि भारतले ऋण बढाउनुभन्दा ६०० करोड रुपैयाँमा त्यहाँको रेलवे, दूरसञ्चार कम्पनी बीएएनएल आदि सञ्चालनको जिम्मा निजीक्षेत्रलाई दिएर पूर्वाधार विकास गर्ने प्रयास गरेको छ । विकासशील देशमा बजेटको अभाव रहिरहने भएकाले सरकारले राजस्वको दिगो स्रोत बढाउन निर्यातमूलक उद्योगका लागि निजीक्षेत्र वा वैदेशिक लगानीका माध्यमहरू विस्तार गर्नु आजको आवश्यकता हो । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

सम्बन्धित सामग्री

‘एकै वर्षको बजेटले सबै समस्या सम्बोधन गर्न सक्दैन’

हामीले के बुझ्नुपर्छ भने एक वर्षको बजेटले सबै खालका समस्या समाधान गर्न सक्दैन। हामी कहाँ धेरै पहिलादेखि नै संरचनागत समस्या रहँदै आएको छ। विभिन्न कालखण्डमा अनेक समस्या आइरहेका हुन्छन्। ती सबै खालका समस्यालाई एकै वर्षको बजेटले मात्रै सम्बोधन गर्न सक्दैन्।...

बजेटले कर्णालीलाई उपेक्षा गर्‍यो : मुख्यमन्त्री शर्मा

१५ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बजेटले कर्णाली प्रदेशलाई उपेक्षा गरेको बताएका छन् । ‘बजेट सुन्दा अलिअलि कर्णालीको नाम पनि सुनियो, राम्रो सम्बोधन भएन’ मुख्यमन्त्री शर्माले अनलाइनखबरसँग भने । यसपटक पनि बजेटले कर्णालीलाई नै उपेक्षा गरेको मुख्यमन्त्री शर्माले बताए । ‘अर्थमन्त्रीलाई साथमा राखेर मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थिएँ । तर जति ध्यानाकर्षण […]

‘बजेटले विपन्नलाई छोएन’

नेपाल सरकारले प्रत्येक वर्ष ल्याउने बजेटले विपन्न समुदायका जनताको आर्थिक अवस्था परिवर्तन गर्न नसकेको बागलुङका सरोकारवालाहरुले गुनासो गरेका छन् । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले बागलुङमा गरेको पूर्व बजेटकालिन अन्तरक्रियामा सहभागी सरोकारवालाले तीन वटै तहका सरकारले ल्याउने बजेटले विपन्न वर्गका जनतालाई छुन नसकेको गुनासो गरेका हुन् । राज्यका तर्फबाट बजेटमा व्यवस्था गरेर कृषिलगायत विभिन्न […]

बजेटले मुलुकका समस्या समाधान गर्न सक्दैन : सरोकारवाला निकाय

बजेटले मुलुकका जल्दावल्दा सवालहरुलाई सम्वोधन गर्न नसकेको बुद्धिजीवीहरुले वताएका छन् ।नेपाल बुद्धिजीवी परिषद्ले गरेको नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बजेट यथार्थता भन्दा बाहिर गएर ल्याइएकाले राष्ट्रका समस्या सम्बोधन गर्न नसक्ने बताएका हुन् ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले बजेटले मुलुकको मुल विषय सम्बोधन गर्न नसकेको बताए । “बजेटले अहिले देखिएको […]

बजेटले मूल्य बढाउने चिन्ता

बजेटले मूल्य वृद्धि बढाउने चिन्ता पोखरेलीले गरेका छन्। पोखरेली अगुवाहरुले मूल्यवृद्धि नियन्त्रण भन्दापनि मूल्यवृद्धि बढाउने गरी बजेट आएको प्रतिक्रिया दिएका हुन्। सबैलाई खुशी पार्ने उद्देश्यले बजेट आएको र यसले मूल्यवृद्धि बढाउने उनीहरुको भनाई छ।...

आगामी बजेटले उत्पादन वृद्धि गर्न सक्दैन : प्रदीप ज्ञवाली

काठमाडौँ – नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले आगामी आर्थिक वर्षको बजेटले थप आर्थिक संकट निम्त्याउने बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेटले आर्थिक स्थिरताभन्दा पनि थप संकटको पुनरोत्पादन गर्ने दाबी गरे । बजेटले उत्पादन वृद्धि गर्न नसक्ने हुँदा सरकारी कोषमा […]

बजेटले मूल्यवृद्धि रोक्दैन : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याइको बजेटले मूल्यवृद्धि रोक्न नसक्ने बताएका छन्। प्रतिनिधिसभामा जारी आर्थिक वर्ष २०७९-८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उनले बजेटले मूल्यवृद्धि रोक्न नसक्ने बताएका हुन्। उनले बजेट चुनावमुखी र वितरणमुखी भएकोले जनताको जीवन परिवर्तन हुन नसक्ने बताएका हुन्।…

अहिलेको बजेटले हाम्रो जीवनमा परिवर्तन ल्याउँदैन : लिङ्देन

१८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन अहिलेको बजेटले आम मानिसको जीवन परिवर्तन गर्न नसक्ने बताएका छन् । आगामी निर्वाचनलाई लक्षित गरेर मात्र बजेट ल्याइएको भन्दै उनले यो बजेटले आर्थिक संकट र मूल्यवृद्धि रोक्न नसक्ने जिकीरसमेत गरे । प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै […]

बजेटले विगतकै योजनालाई निरन्तरता दिएको छ : अर्थविद्

काठमाडौं। अर्थविद्हरुले आगामी वर्ष २०७८/०७९को बजेटले विगतकै योजनालाई निरन्तरता दिएको बताएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आज आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा अर्थविद्ले बजेटले खासै नयाँ योजना नल्याएको बताएका हुन्। कार्यक्रममा नेता कोइरालाले कामचलाउ सरकारले ल्याएको बजेटले काम नगर्ने बरु संसद् पुनःस्थापना भएर अर्को सरकारले पूर्ण बजेट ल्याउने विचार व्यक्त गरे। रासस

बजेटले विगतकै योजनालाई निरन्तरता दिएको छ : अर्थविद्

काठमाडौं। अर्थविद्हरुले आगामी वर्ष २०७८/०७९को बजेटले विगतकै योजनालाई निरन्तरता दिएको बताएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आज आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा अर्थविद्ले बजेटले खासै नयाँ योजना नल्याएको बताएका हुन्। कार्यक्रममा नेता कोइरालाले कामचलाउ सरकारले ल्याएको बजेटले काम नगर्ने बरु संसद् पुनःस्थापना भएर अर्को सरकारले पूर्ण बजेट ल्याउने विचार व्यक्त गरे। रासस