काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याइको बजेटले मूल्यवृद्धि रोक्न नसक्ने बताएका छन्।
प्रतिनिधिसभामा जारी आर्थिक वर्ष २०७९-८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उनले बजेटले मूल्यवृद्धि रोक्न नसक्ने बताएका हुन्। उनले बजेट चुनावमुखी र वितरणमुखी भएकोले जनताको जीवन परिवर्तन हुन नसक्ने बताएका हुन्।…