काठमाडौं । सूचना विभागले प्रेस पास तथा अनलाइन दर्ता सेवा अब पूर्णरुपमा अनलाइनबाटै गर्ने भएको छ ।
विभागका शाखा अधिकृत वसन्तबहादुर खत्रीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएका छन् ।
सूचना तथा प्रसारण विभागले विभागको कार्यविवरणअनुसार मुख्यतः प्रेस प्रतिनिधि प्रमाणपत्र जारी–नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको काम अब अनलाइनबाटै गर्न सकिने...