सूचना तथा प्रसारण विभागको आयोजनामा मुस्ताङको सदरमुकाम जोमसोममा सम्पन्न घुम्ती शिविरबाट दुर्गम र विकट क्षेत्रका पत्रकारलाई राहत मिलेको छ ।
जिल्लामै पत्रकार परिचयपत्र (प्रेस पास) र अनलाइन दर्ता तथा नवीकरणको सुविधा पाएपछि मुस्ताङ र म्याग्दीका पत्रकारलाई राहत मिलेको हो ।
२ दिनसम्म सञ्चालन भएको शिविर र क्षमता अभिवृद्धि तालिमबाट मुस्ताङ र म्याग्दीका ३० पत्रकार लाभान्वित भएका छन् ।
नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासँगको सहकार्यमा २ दिन सञ्चालन भएको शिविरमा पत्रकार परिचयपत्र र अनलाइन सञ्चारमाध्यमको दर्ता प्रमाणपत्र वि...