उपत्यकाभित्र प्रेस पास भएका पत्रकारलाई आयोगको अनुमति नचाहिने

आयोगले नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने स्पष्ट पारेको हो ।