काठमाडौं । प्रेस काउन्सिल नेपालले गैरपत्रकारलाई प्रेस पास र प्रेस ज्याकेटको दुरुपयोग नगर्न सचेत तुल्याउँदै कारवाहीको चेतावनी दिएको छ । प्रेस काउन्सिल नेपालका प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले लकडाउनको अवधिमा प्रेस पास र प्रेस ज्याकेटको दुरुपयोग बढेको सन्दर्भमा आइतबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।विज्ञप्तिमा भनिएको छ, ‘केही गैरपत्रकार व्यक्तिले नक्कली प्रेस पास र नक्कली ज्याकेट प्रयोग गरेर समाजमा भ्रम छरिरहेका समाचारहरु आउन थालेका छन् ।’विज्ञप्तिमा नेपाल