विराटनगर : प्रदेश १ कै एकमात्रै सुगर मिल ईस्टर्न सुगर मिलले उखु काट्ने पुर्जा जारी नगर्दा पूर्वका उखु किसान चिन्तित बनेका छन्। मिलले उखु किन्ने जनाउ नदिएपछि किसानका उखु खेत मै सुक्न थालेको छ।
सुनसरीको बर्जु गाउँपालिकास्थित ईस्टर्न सुगर मिलले गत वर्ष उत्पादन गरेको चिनी बिक्री नभएको भन्दै यस पटक मिल सञ्चालन सुरु गरेको छैन। प्र...