परराष्ट्रमन्त्री डा. नारायण खड्काले एमसीसी अहिलेकै अवस्थामा पास नहुने बताएका छन् ।
शनिवार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री खड्काले सबै दलको साथ सहयोगमा मात्रै एमसीसी पास हुने बताएका छन् ।
शुक्रवार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम पुगेर अहिलेकै अवस्थामा एमसीसी पास हुने बताएका थिए । तर, उनी निकट मन्त्री खड्काले भने सत्तारुढ गठबन्धन दल र प्रतिपक्षी दलले ल्याउने साझा धारणाका आधारमा मात्रै एमसीसी पास हुने बताएका हुन् ।
उनले प्रदेश १ र बागमती प्रदेशका विषयमा बाहिर हल्ला आए जस्तो नभए...