काठमाडौँ – गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सिसिटिभी फुटेज तीन महिनासम्म अनिवार्य रुपमा सुरक्षित राख्न मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयहरुलाई निर्देशन दिएको छ। मंगलबार गृहसचिव स्तरको निर्णय गरी मन्त्रालयले सबै कार्यालयलाई तीन महिनासम्म अनिवार्य सिसिटिभी फुटेज सुरक्षित राख्न निर्देशन दिएको हो। मन्त्रालयले तीन महिनासम्म गृहको सिसिटिभी फुटेज सुरक्षित रहने पनि स्पष्ट पारेको छ। […]