मोरङ – विराटनगर महानगरपालिकासँगै जोडिएको कटहरी गाउँपालिकामा झण्डै २ वर्षअघि निर्माण शुरु भएको तरकारी तथा फलफूल थोक बजार निर्माणको अन्तिम चरणमा पुगेको छ ।
निर्माण कम्पनीले बजारको निर्माणको काम पूरा गरेर असारमा हस्तान्तरणकोे योजना बनाएको भए पनि समयमै काम सम्पन्न नभएपछि दसैँ लगत्तै हस्तान्तरणको गर्ने तयारी कम्पनीको छ...