विदेशबाट ठूलो मात्रामा दूषित तरकारी र फलफूल भित्रिने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भन्सार बिन्दुमा गरेको परीक्षणबाट ठूलो मात्रामा खान अयोग्य रसायन मिश्रित तरकारी र फलफूल आयात हुने गरेको पाइएको हो ।विभागले ९ महिनाको अवधिमा ७ वटा भन्सार बिन्दुमा विदेशबाट भित्रिने तरकारी र फलफूलको नमूना परीक्षण गरेको थियो । २०७८ कात्तिकदेखि २०७९ असार महिनासम्म ५६ हजार ३३८ नमूना परीक्षण गर्दा ५१ वटा नमूना खानलाई अयोग्य भेटिएको थियो ।विभागले नेपालमा विदेशबाट भित्रिने गरेको तरकारी र फलफूलमा