पुथाउत्तरगंगा गाउँपालिका–१० र ११ जोड्ने उत्तरगंगा नदीमा पक्की पुल नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । पैदल यात्रा गर्नेहरू झोलुंगे पुल तर्छन् । गाडीमा आउजाउ गर्नेलाई समस्या छ । गाडीले नदी पार गर्न नसक्दा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । यस नदीमा २०६९ सालदेखि निरन्तर सर्वसाधारणले दुःख पाइरहेका छन् । यहाँको गरसम्म सडक निर्माण भइसकेको छ ।