गाईघाट खोलामा पक्की पुल नहुँदा सास्ती

पाल्पा– पाल्पामा कालिगण्डकी करिडोरअन्तर्गतको सडकखण्डमा पक्की पुल नहुँदा यात्रुलाई सास्ती भएको छ । जिल्लाको तानसेन नगरपालिका–१४ अन्तर्गत गाईघाट खोलामा पक्की पुल नहुँदा यात्रुले सास्ती खेप्नुपरेको हो । कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको अर्गली–रानीमहल सडकखण्ड पक्की भए पनि बीचको एक खोलामा भने पक्की पुल बनेको छैन । बिहीबार पाल्पाको तानसेन–जोर्ते–अर्गली सडकखण्ड जोर्तेमा पहिरो खसेका कारण दिनभर बन्द थियो […]