सिभिल बैंकलाई ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

कात्तिक ३, काठमाडौं । सिभिल बैंकले रू. ३ अर्ब बराबरको  ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।  अनुमति पाएसँगै कम्पनीले रू.१ हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ  । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा २०८८ सम्मका लागि ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।  स्वीकृति पाएसँगै कम्पनीले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट अन्य संघसंस्थालाई विक्री गर्नेछ । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले उक्त ऋणपत्र निष्कासन गर्नका लागि धितोपत्र बोर्डबाट असोज २४ गते अनुमति पाएको हो ।   

सम्बन्धित सामग्री

हरित ऋणपत्र निष्कासन गर्न सकिने व्यवस्थासहित नियमावली संशोधन

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन (सातौँ संशोधन) नियमावली, २०८०’ मार्फत हरित ऋणपत्र (ग्रीन बन्ड) सम्बन्धी कानूनी व्यवस्था ल्याएको छ। बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा हरित बन्डलगायतका नवीन वित्तीय औजार निष्कासन गर्नसक्ने गरी आवश्यक नीति, नियम तथा निर्देशिका संशोधन तथा तर्जुमा गरिनेछ […]

लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकलाई ऋणपत्र निष्कासन गर्न बोर्डले दियो अनुमति

असार १६, काठमाडौं । दुई ओटा कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासन गर्नका लागि अनुमति पाएका छन् । लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकले ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति  पाएका हुन् ।  लक्ष्मी बैंकले रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डबाट असार १५ गते स्वीकृति पाएको हो । बैंकले २० लाख कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्ने जानकारी गराएको छ । बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा १० वर्ष २०८७ सम्मका लागि ऋणपत्र निष्कासन गर्नेछ । विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।   त्यसैगरी, माछापुच्छ्रे बैंकले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १६ गते बोर्डको अनुमति पाएको हो । जसमध्ये बैंकले १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।   विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा १० वर्षका लागि ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति पाएको हो ।

असार २० गतेदेखि ज्योति बैंकले ऋणपत्र निष्कासन गर्ने

काठमाडौं, १० जेठ । ज्योति विकास बैंकले ९ प्रतिशत ब्याजदरमा १० वर्षका लागि असार २० गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले १ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्न अनुमति दिएसँगै बैंकले ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकको कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ६ लाख कित्ता सर्वसाधारण र ९ […]

१२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न कृषि विकास बैंकलाई बोर्डले दियो अनुमति

असार ११, काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बार्डको अनुमति पाएको छ ।  कम्पनीले रू. १२ अर्ब बराबरको १२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १० गते बार्डबाट अनुमति पाएको हो । बैंकले १२ लाख कित्ता ऋणपत्र व्याक्तिगत तवरबाट विक्री गर्नेछ ।  बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा ९ वर्ष सम्मका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

एनआईसी एशिया बैंकलाई ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

जेठ २६, काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ ।  बोर्डले एनआईसी एशिया बैंकलाई ८ दशमलव ५ प्रतिशत ब्याजदरको रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न जेठ २० गते अनुमति दिएको हो । कुल कित्तामध्ये बैंकले रू. १ अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गर्नेछ भने रू. १ अर्ब २० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको मध्येबाट पनि कम्पनीले ५ प्रतिशत सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी सार्वजनिक निष्कासनमा ल्याउनेछ । बैंकको ऋणपत्र विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

नबिल बैंकलाई ऋणपत्र निष्कासन गर्न बोर्डले दियो अनुमति

जेठ २५, काठमाडौं । नबिल बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ ।  कम्पनीले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि जेठ २० गते बोर्डको अनुमति पाएको हो । ३० कित्ता मध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र व्याक्तिगत तबरबाट विक्री गर्नेछ ।   कम्पनीले वार्षिक ८ शदमलव ५ प्रतिशत ब्याजदरमा आगामी ७ वर्ष सम्मका लागि ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति पाएको हो । ऋणपत्र विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्ने

काठमाडौं, २८ बैशाख । राष्ट्रिय वाणिज्य बैंकलाई धितोपत्र बोर्डले ऋणपत्र विक्रि गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई प्रतिकित्ता १ हजार रुपैयाँको दरले २ अर्ब ५० करोड बराबरको इकाई ऋणपत्र विक्रि गर्न अनुमति दिएको हो । कुल २५ लाख इकाईमध्ये १५ लाख इकाई ऋणपत्र बैंक आफैले संस्थाहरुलाई र १० लाख इकाई ऋणपत्र सर्वसाधारणको लागि विक्रि […]