जेठ २५, काठमाडौं । नबिल बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ ।
कम्पनीले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि जेठ २० गते बोर्डको अनुमति पाएको हो । ३० कित्ता मध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र व्याक्तिगत तबरबाट विक्री गर्नेछ ।
कम्पनीले वार्षिक ८ शदमलव ५ प्रतिशत ब्याजदरमा आगामी ७ वर्ष सम्मका लागि ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति पाएको हो । ऋणपत्र विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।