मंसिर २३, काठमाडौं । एभरेष्ट बैंकलाई रू. २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।
कम्पनीले २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डबाट मंसिर २० गते अनुमति पाएको हो ।
अव कम्पनीले कुल २० लाख कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।
विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले ८ वर्षसम्मका लागि वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा एभरेष्ट बैंक डिबेञ्चर नामक ऋणपपत्र निष्कासन गर्नेछ ।