असार ११, काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बार्डको अनुमति पाएको छ ।
कम्पनीले रू. १२ अर्ब बराबरको १२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १० गते बार्डबाट अनुमति पाएको हो । बैंकले १२ लाख कित्ता ऋणपत्र व्याक्तिगत तवरबाट विक्री गर्नेछ ।
बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा ९ वर्ष सम्मका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।