अमेरिकी प्रतिनिधिण्डलले ताइवान भ्रमण गरेकोमा चीनको ‘कडा विरोध’

काठमाडौं- अमेरिकी कांग्रेसको उच्चस्तरीय प्रतिनिधिमण्डलले ताइवानको भ्रमण गरेपछि चीनले कडा विरोध जनाएको छ । अमेरिकास्थित चिनियाँ दूतावासले अमेरिकी कांग्रेसका ६ जना सदस्यले ताइवानको भ्रमण गरेकोमा विरोध जनाएको हो । चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार अमेरिकी प्रतिनिधिमण्डलको ताइवान भ्रमणबाट एक चीन नीतिको उल्लङ्घन हुने दूतावासको भनाइ छ । ‘हामी अमेरिकी पक्षलाई एक चीन नीतिको पालना गर्ने […]

सम्बन्धित सामग्री

बेलायती सांसदले ताइवान भ्रमण गरेकोमा चीनको आपत्ति

काठमाडौं :  चीनले बेलायती सांसदहरुको एक टोलीले ताइवान भ्रमण गरेकोमा आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप भन्दै आपत्ति जनाएको छ। उसले चिनियाँ हितलाई अवमूल्यन गर्ने कुनै पनि गतिविधिको सशक्त जवाफ दिइने चेतावनी समेत दिएको छ।बेलायती संसदको विदेशमामिला समितिका सदस्यहरुको एक टोली हाल ताइवान भ्रमणमा छ। मंगलबार ताइवान पुगेको सो टोली उच्च राजनीतिक भेटघाटमा व्यस्त छ।टोलीले बिहीबार ताइवानका प्रधानमन्त्री सु सेङ्ग चाङ्गसँग भेटेको छ भने  आज राष्ट्रपति साई इंग वेनसँग भेट्ने कार्यक्रम छ। बेलायत

बेलायतका मन्त्रीले ताइवान भ्रमण गरेपछि चीनको आपत्ति

बेलायतका व्यापार नीति मन्त्री ग्रेग ह्यान्ड्सले ताइवान भ्रमण गरेपछि चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई बेवास्ता गरी ताइवान पुग्ने मन्त्री ग्रेग पछिल्लो विदेशी हुनुहुन्छ । चीनको सार्वभौमसत्तालाई बेलायतले सम्मान गर्नुपर्ने तथा एक चीन सिद्धान्तलाई समर्थन गर्नुपर्नेमा बेइजिङको जोड छ । ताइवानसँग कुनै किसिमको आधिकारिक सम्पर्क कायम नगर्न पनि चीनले आग्रह गर्दैै आएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले विदेशीहरूलाई ताइवानमा सम्पर्क विस्तारको प्रयास नगर्न सुझाउँदै स्वायत्त टापुमाथिको चीनको सार्वभौमिकताको सम्मान गर्न आ...

‘पेलोसीको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउन हो’

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको हालैको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउने अमेरिकी रणनीतिको एउटा भाग भएको टिप्पणी गरेका छन् । मङ्गलबार यहाँ भएको अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी दशौँ वार्षिक सम्मेलनमा उनले पेलोसीको यो भ्रमण एउटा गैरजिम्मेवार राजनीतिज्ञद्वारा मात्र नभएर संयुक्त राज्य अमेरिकाले एसिया–प्रशान्त क्षेत्र र सारा विश्वको अवस्थालाई अस्थिर बनाउने अन्तर्निहित रणनीतिको एक अङ्ग भएको बताए । राष्ट्रपति पुटिनले पेलेसीको भ्रमणलाई &l

अमेरिकाद्वारा चीनलाई पेलोसीको ताइवान भ्रमण बारे उत्तेजित नहुन आग्रह

संयुक्त राज्य अमेरिकाले जापानको विशेष आर्थिक क्षेत्रमा चीनद्वारा गरिएको मिसाइल प्रक्षेपणको निन्दा गरेको छ । उक्त परीक्षण सैन्य अभ्यासको एक भाग थियो । अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले सो कदम चालेको राष्ट्रिय सुरक्षा परिषद् रणनीतिक सञ्चार संयोजक जोन किर्बीले बताएका छन् । उनले चीनलाई पेलोसीको ताइवान भ्रमण बारे उत्तेजित नहुन आग्रह […]

पेलोसीको ताइवान भ्रमण एक चीन नीतिविपरीत : झलनाथ खनाल

इलाम : पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ताइवान चीनको अविभाज्य अंग भएकाले हस्तक्षेप गर्न नमिल्ने बताएका छन्।अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित ताइवान भ्रमण गरेपछि असन्तुष्टि व्यक्त गर्दै खनालले ताइवानसँग सम्बन्धित सबै मुद्दाहरू चीनको आन्तरिक मामिला रहेको बताएका छन्।जनवादी गणतन्त्र चीनको गम्भीर विरोधका बाबजुद  सभामुख न्यान्सी अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार ताइवान पुगेकी थिइन्।विज्ञ

छोटो र विवादास्पद ताइवान भ्रमण सकेर अमेरिकी सभामुख पेलोसी फिर्ता

छोटो तर विवादास्पद ताइवान भ्रमण सकेर अमेरिकी सभामुख न्यान्सी पेलोसी फर्किनुभएको छ । २५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पेलोसीले राजधानी ताइपेईमा शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो । यो भ्रमणबाट चीन–ताइवान र चीन–अमेरिकाबीच विवाद बढेको छ । चीनले यसअघि नै पेलोसीको भ्रमणलाई लिएर विरोध जनाएको थियो । भ्रमणको प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास घोषणा गरेको छ । आजदेखि सुरु हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त ...

चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न मिल्दैन : पेलोसी

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न नसक्ने बताएकी छिन् । बुधबार स्वशासित टापुको भ्रमण समाप्त गरेपछि पेलोसीले यस्तो धारणा व्यक्त गरेकी हुन् ।‘दुःखको कुरा चिनियाँ कम्युनिष्ट पार्टीको आपत्तिका कारण हालै विश्व स्वास्थ्य संगठनले विश्वव्यापी बैठकहरूमा ताइवान भाग लिनबाट बन्चित भएको छ’,  पेलोसीले विज्ञप्तिमा भनिन् ।एसिया भ्रमणका क्रममा मंगलबार पेलोसी ताइवानको भ्रमण गरेकी थिइन् । चीनको विरोध र अन्तर्राष्ट्रिय चासोबीच उनले टापुको

न्यान्सी पेलोसीको ताइवान भ्रमण एक चीन नीतिविपरीत– झलनाथ खनाल

काठमाडौं–पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमण एक चीन नीतिविपरीत भएको टिप्पणी गरेका छन्। उनले बुधबार  विज्ञप्ति जारी गर्दै पेलोसीको ताइवान भ्रमणको आपत्ति जनाएका हुन्। खनालले विज्ञप्तिमा ताइवान चीनको अभिन्न अंग भएकाले चीनले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन्। खनालले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादी […]

ताइवान भ्रमण टुङ्ग्याएर ताइपेइ छाडिन् अमेरिकी सभामुख पेलोसीले

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण सकेर त्यहाँदेखि प्रस्थान गरेकी छन्। स्थानीय समयअनुसार साँझ ६ बजे पेलोसी सवार एयर फोर्सको कलसाइन एसपीएआर १९ विमान ताइपेइको सङसान विमानस्थलबाट उडेको छ।  पेलोसीको भ्रमणको चीनले क्रुद्ध प्रतिक्रिया दिएको छ। चीनले ताइवान परिपरि सैन्य अभ्यास सुरु गरेको छ। त्यसलाई रोक्न र सभामुख सवार साधनलाई…

पेलोसीको भ्रमण तालिकामा ताइवान समावेश गरिएन

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी अर्को हप्ता एसिया भ्रमणमा आउँदैछिन् । भ्रमण अघि उनको कार्यालयले भ्रमणको विस्तृत तालिका सार्वजनिक गरेको छ, तर यस भ्रमणमा ताइवान भ्रमणको कुनै उल्लेख छैन।न्यान्सी पेलोसीको कार्यालयले भ्रमणको विस्तृत तालिकामा उनले सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानमा अमेरिकी कंग्रेस प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताएको छ। यसअघि उनले यो भ्रमणका क्रममा ताइवानको भ्रमण गर्न सक्ने चर्चा थियो । यसैलाई लिएर चीन र अमेरिकाबीचको तनाव फेरि बढेको थियो ।चीनले अमेरिकालाई न्यान्सी