इलाम : पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ताइवान चीनको अविभाज्य अंग भएकाले हस्तक्षेप गर्न नमिल्ने बताएका छन्।अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित ताइवान भ्रमण गरेपछि असन्तुष्टि व्यक्त गर्दै खनालले ताइवानसँग सम्बन्धित सबै मुद्दाहरू चीनको आन्तरिक मामिला रहेको बताएका छन्।जनवादी गणतन्त्र चीनको गम्भीर विरोधका बाबजुद सभामुख न्यान्सी अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार ताइवान पुगेकी थिइन्।विज्ञ