काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले टुँडिखेल वरिपरि मानव साङ्गो प्रदर्शन गर्ने घोषणा गरेको छ । उक्त समूहले फागुन ६ गते काठमाडौँको टुँडिखेल वरिपरि मानव साङ्गो प्रदर्शन गर्ने घोषणा गरेको हो ।
चौथो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले फागुन ६ गते अपराह्न ४–५ बजेसम्म प्रतिगमन, महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिने जानकारी दिए ।