नबिलसँग गाभिने भयाे नेपाल बङ्गलादेश बैंक

काठमाण्डाै – नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । हिजाे बिहीवार प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार नेपाल बङ्गलादेश बैंकको एक सय कित्ता शेयर बराबर ४३ कित्ता हुने गरी समझदारी भएको छ । नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीका अनुसार ललितपुरमा रहेकाे एक होटलमा प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।  समझदारीपत्रमा नबिलका तर्फबाट उदयकृष्ण उपाध्याय र नेपाल बङ्गलादेश बैंकका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गर्नुभएको छ । बङ्गलादेशको आईएफआईसी बैंकको ४१ प्रतिशत ब...

सम्बन्धित सामग्री

नबिल र नेपाल बङ्गलादेश बैंकको आजदेखि एकीकृत कारोबार सुरु

नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच भएको प्राप्तिसम्बन्धी सम्पूर्ण कार्य समापन भई आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नबिल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेसँगै नेपाल बङ्गलादेश बैंकको […]

नबिल र नेपाल बङ्गलादेश बैंकको एकीकृत कारोबार सुरु

काठमाडौँ- नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच भएको मर्जसम्बन्धी सम्पूर्ण कार्य समापन भई आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नबिल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेसँगै नेपाल बङ्गलादेश […]

नेपाल बङ्गलादेश बैंक फेदाप शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौँ – नेपाल बङ्गलादेश बैंक फेदाप शाखाले स्थानीय पाँच माध्यमिक विद्यालयमा वित्तीय साक्षारता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रममा जलजले माध्यमिक विद्यालय, इशुबु माध्यमिक विद्यालय, सम्दु माध्यमिक विद्यालय, सिद्घकाली माध्यमिक विद्यालय र जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत ५०४ जना विद्यार्थीलाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको थियो। नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनी सप्ताह २०२२’ मा वित्तीय […]

नेपाल बङ्गलादेश बैंकको वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम

नेपाल बङ्गलादेश बैंक फेदाप, तेह्रथुम शाखाले चैत्र ८ देखि १३ गतेसम्म स्थानीय ५ माध्यमिक विद्यालयहरूमा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा जलजले माध्यमिक विद्यालय, इशुबु माध्यमिक विद्यालय, साम्दु माध्यमिक विद्यालय, सिद्वकाली माध्यमिक विद्यालय र जनज्योती माध्यमिक विद्यालयमा अध्ययनरत ५०४ जना विद्यार्थीहरूलाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको बैंकले जनाएको छ ।  नेपाल राष्ट्र बैंकले “ग्लोबल मनी सप्‍ताह २०२२” मा वित्तीय साक्षरत

नेपाल बङ्गलादेश बैंकद्वारा दुर्घटना बीमा भुक्तानी

नेपाल बङ्गलादेश बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम रु. एक लाख हस्तान्तरण गरेको छ । ग्राहक स्व. महमुदा खातुनकी छोरी मसउदा खातुनलाई सो रकम प्रदान गरिएको बैंकले जनाएको छ । महमुदा खातुनले नेपाल बङ्गलादेश बैंक, ब्रम्हपुरी  शाखामा खाता खोली कारोबार गर्दै आएकी थिइन् भने उनको गत कात्तिक ६ गते सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।  यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास बैंकले लिएको छ ।

नबिलले गाभ्ने भयो नेपाल बङ्गलादेश बैंक

कर्मचारी व्यवस्थापन तथा अन्य केही प्राविधिक विषय भने टुङ्गो लगाउन बाँकी छ। यस्तै हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच पनि मर्जरको प्रक्रिया धेरै अगाडि बढिसकेको छ।...

नेपाल बङ्गलादेश बैंकले ६ प्रतिशतका दरले बोनस सेयर दिने

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले बैंकको चुक्ता पुँजीको ६ प्रतिशतका दरले बोनस सेयर दिने प्रस्ताव २६औं वार्षिक साधारण सभाबाट पारित गरेको छ । साधारण सभाबाट आ.ब. २०७६/०७७ को मुनाफा रकमबाट २०७७ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजीको २.४२ प्रतिशत (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) का दरले नगद लाभांश वितरण गर्न स्वीकृति दिनुका साथै ६ प्रतिशतका दरले बोनस सेयर जारी गर्ने निर्णय समेत सर्वसम्मतिबाट पारित गरेको हो । भर्चुअल माध्यममार्पmत् सम्पन्न सभामा बैंकको चुक्ता पुँजीको