नेपाल बङ्गलादेश बैंकले ६ प्रतिशतका दरले बोनस सेयर दिने

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले बैंकको चुक्ता पुँजीको ६ प्रतिशतका दरले बोनस सेयर दिने प्रस्ताव २६औं वार्षिक साधारण सभाबाट पारित गरेको छ । साधारण सभाबाट आ.ब. २०७६/०७७ को मुनाफा रकमबाट २०७७ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजीको २.४२ प्रतिशत (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) का दरले नगद लाभांश वितरण गर्न स्वीकृति दिनुका साथै ६ प्रतिशतका दरले बोनस सेयर जारी गर्ने निर्णय समेत सर्वसम्मतिबाट पारित गरेको हो । भर्चुअल माध्यममार्पmत् सम्पन्न सभामा बैंकको चुक्ता पुँजीको