नेपाल बङ्गलादेश बैंक फेदाप, तेह्रथुम शाखाले चैत्र ८ देखि १३ गतेसम्म स्थानीय ५ माध्यमिक विद्यालयहरूमा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा जलजले माध्यमिक विद्यालय, इशुबु माध्यमिक विद्यालय, साम्दु माध्यमिक विद्यालय, सिद्वकाली माध्यमिक विद्यालय र जनज्योती माध्यमिक विद्यालयमा अध्ययनरत ५०४ जना विद्यार्थीहरूलाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले “ग्लोबल मनी सप्ताह २०२२” मा वित्तीय साक्षरत