नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा मनोमानी ढंगबाट सञ्चालित समूहहरूलाई विघटन गरेको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ती जारी गर्दै आ–आफ्नै ढंगबाट अगाडि बढिरहेका समूहहरूलाई विघटन गरेको जनाएका हुन् । नेविसंघ त्रिवि समितिको अधिवेशन गर्नुपर्ने देखिएको भन्दै विश्वविद्यालय क्याम्पसमा सक्रिय सम्पूर्ण समितिहरु आजकै मितिदेखि विघटन गरेको जनाएका हुन् । नेपाल विद्यार्थी संघलाई वैधानिक ढङ्गले मूर्त रुप दिन यथाशीघ्र केन्द्रीय प्रतिनिधि खटाइ क्याम्पस अधिवेशन गर्ने प्रतिब