काठमाडाैं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बर्दियाकाे सभापतिमा नगेन्द्र हमाल चयन हुनुभएकाे छ । आज गुलरियामा भएको नेविसंघ बर्दियाकाे निर्वाचन भेलाबाट सभापतिमा हमाल चयन हुनुभएकाे हाे । जिल्ला भेलाले उहाँलाई नेविसंघ बर्दियाकाे सभापतिमा चयन गरेकाे हाे । सभापतिमा चयन भएपछि उहाँले भन्नुभयाे,’सभापतिकाे जिम्मेवारी पाउँदा एक किसिमकाे उत्साह आएकाे छ, साथै जिम्मेवारीकाे […]