दोलखा, (नेस) संघीय सरकारको निर्देशन विपरीत दोलखाका चार गाउँपालिकाले विद्यालयस्तरीय वार्षिक परीक्षा सञ्चालन गरेका छन् ।कोरोना संक्रमणको दोस्रो लहर नेपालमा समेत तीव्ररूपमा बिस्तार भएपछि सरकारले वैशाख १६ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । सरकार र जिल्ला संकट व्यवस्थापन केन्द्रको समेत निर्णयको व्यवास्ता गर्दै दोलखाको कालिञ्चोक, गौरीशंकर, बैतेश्वर र मेलुङ गाउँपालिकाले विद्यालयस्तरीय वार्षिक […]