जेठ २० गतेभित्र चालू शैक्षिक सत्रको वार्षिक परीक्षा सक्न निर्देशन

काठमाडौं महानगरपालिकाले विद्यालयहरुलाई ‘जुनसुकै प्रक्रिया अपनाऊ, तर जेठ मसान्तभित्र वार्षिक परीक्षा सक’ भनेको छ । तर, सरोकारवालाहरुले ‘बन्दाबन्दीको अवस्थामा यो कसरी सम्भव छ’ भनेर आश्चर्य प्रकट गरेका छन् ।  महानगरपालिकास्थित शिक्षा विभागले आइतबार एक सूचना सार्वजनिक गरी परीक्षा सञ्चालन, नतिजा प्रकाशन र नयाँ शैक्षिक सत्रको व्यवस्थापनका लागि यही जेठ २० गतेभित्र चालू शैक्षिक सत्रको वार्षिक परीक्षा सकी मसान्तसम्ममा नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । नेपाल समाचारपत्रमा खबर छ । 

सम्बन्धित सामग्री

काठमाडौँ महानगरभित्रका विद्यालयलाई जेठ २० भित्र परीक्षा लिन निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयहरूले जेठ २० गतेसम्म परीक्षा लिन निर्देशन दिएको छ । महानगरपालिकाको महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरभित्रका सबै विद्यालयले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर लिन निर्देशन दिएको हो । अनलाइन/अफलाइन/टेलिफोन/इमेलबाट प्रश्न पठाएरलगायत विद्यालय अनुकूल हुने गरी परीक्षा गर्न सूचनामा भनिएको छ । त्यस्तै,... The post काठमाडौँ महानगरभित्रका विद्यालयलाई जेठ २० भित्र परीक्षा लिन निर्देशन appeared first on Purbeli News.

काठमाडौं महानगरले भन्यो : महानगरभित्रका परीक्षा जेठ २० भित्र लिइसक्नू

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयहरूले जेठ २० गते भित्र परीक्षा लिइसक्नुपर्ने जनाएको छ ।  महानगरको शिक्षा विभागले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर महानगरभित्रका विद्यालयहरूले परीक्षा लिइसक्न निर्देशन दिएको छ ।  विभागले अनलाइन, अफलाइन, टेलिफोन, इमेलबाट विद्यार्थीलाई प्रश्नपत्र पठाएर विद्यालय अनूकुल हुने गरी परीक्षा लिन भनेकाे छ । महानगरकाअनुसार विद्यालयले जेठ २०...