रोकिएको वार्षिक परीक्षा सोमवारदेखि सञ्चालन हुने

काठमाडौं : रौतहटको फतुवा विजयपुर नगरपालिकाभित्रको सरकारी (सामुदायिक) विद्यालयमा रोकिएको वार्षिक परीक्षा आगामी सोमवारदेखि सञ्चालन हुने भएको छ।सोमवारदेखि वार्षिक परीक्षा सञ्चालन हुने गरि शिक्षकहरूसँग सहमति भएको फतुवा विजयपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख तेजनारायण यादवले जानकारी दिए।उनले भने, ‘हिजो विद्यालयको प्रअसँग आजबाट परीक्षा सञ्चालन गर्ने भनेर प्रतिबद्धता जनाएका थिए तर सञ्चालन गरेको छैन रहेछ। फेरि पर्सि सोमवारबाट परीक्षा सञ्चालन गर्ने सहमति भएको छ।’उनका अनुसार फतुवा वि

सम्बन्धित सामग्री

कक्षा १२ को वार्षिक परीक्षा आगामी बैशाखमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आगामी बैशाखमा गर्ने निर्णय गरेको छ । आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै बोर्डले १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो सातादेखि सञ्चालन गर्ने जनाएको हो । वार्षिक परीक्षाका लागि पुस १ गतेदेखि माघ १५ गतेसम्म फारम भर्ने कार्यतालिका तोकिएको छ । परीक्षा सम्पन्न भएको […]

कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) का अनुसार परीक्षा जेठ ९ गते सुरु भई १८ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । परीक्षा तोकिएका दिनहरूमा कुनै आकस्मिक बिदा पर्न गएमा पनि पूर्वसूचनाबिना परीक्षा स्थगित […]

वार्षिक परीक्षा आयो पुस्तक आएन

काठमाडौं, फागुन १७ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको वार्षिक परीक्षा सकिन लागे पनि उनीहरूले अझै पाठ्यपुस्तक पाएका छैनन्। पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएको छ। दुर्गम जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसक्छ, तर अहिलेसम्म सबै पाठ्यपुस्तक पाउन नसकिएको विद्यार्थीको गुनासो छ। कालिकोटका धेरै विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका– ३ मा […]

यस्तो छ मेडिकल काउन्सिलको वार्षिक परीक्षा तालिका

नेपाल मेडिकल काउन्सिलले २०७९ सालको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ।

पोखरा महानगरमा वार्षिक परीक्षा नहुने

५ जेठ, काठमाडौं । कोरोना भाइरसको दोस्रो भेरियन्टको कारण बढ्दो संक्रमण दर रोक्न जारी निषेधाज्ञाले पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाले सूचना प्रकाशन गरेर क महामारीका कारण भौतिकरुपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले यसपूर्व सञ्चालन भएका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गरी नतिजा प्रकाशन गर्न निर्देशन […]

पोखरा महानगरमा वार्षिक परीक्षा नहुने

कोरोना भाइरसको दोस्रो  भेरियन्टको कारण बढ्दो संक्रमण दर रोक्न जारी निषेधाज्ञाले पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने भएको छ ।  पोखरा महानगरपालिका शिक्षा महाशाखाले सूचना प्रकाशन गरेर   क महामारीका कारण भौतिक रुपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले यस पूर्व सञ्चालन भएका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गरी नतिजा प्रकाशन गर्न  निर्देशन गरेको छ ।पोखराका अधिकांश निजी विद्यालयले निषेधाज्ञा जारी अगावै वार्षिक परीक्षा सञ्चालन गरिसकेको तथा क

जेठ २० गतेभित्र चालू शैक्षिक सत्रको वार्षिक परीक्षा सक्न निर्देशन

काठमाडौं महानगरपालिकाले विद्यालयहरुलाई ‘जुनसुकै प्रक्रिया अपनाऊ, तर जेठ मसान्तभित्र वार्षिक परीक्षा सक’ भनेको छ । तर, सरोकारवालाहरुले ‘बन्दाबन्दीको अवस्थामा यो कसरी सम्भव छ’ भनेर आश्चर्य प्रकट गरेका छन् ।  महानगरपालिकास्थित शिक्षा विभागले आइतबार एक सूचना सार्वजनिक गरी परीक्षा सञ्चालन, नतिजा प्रकाशन र नयाँ शैक्षिक सत्रको व्यवस्थापनका लागि यही जेठ २० गतेभित्र चालू शैक्षिक सत्रको वार्षिक परीक्षा सकी मसान्तसम्ममा नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

वैशाखभित्र वार्षिक परीक्षा सक्न निर्देशन

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै पोखरा महानगरपालिकाले वैशाख मसान्तभित्र विद्यालयस्तरीय वार्षिक परीक्षा सक्न महानगरभित्रका विद्यालयलाई निर्देशन दिएको छ। महानगरपालिकाभित्रका संस्थागत तथा सामुदायिक सबै विद्यालयको वार्षिक परीक्षा वैशाख मसान्तभित्र सकिने महानगरपालिकाले जनाएको छ।   महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यका अनुसार आइतबार बसेको बैठकले वैशाख १० गतेपछि विद्यालयले वार्षिक परीक्षा लिन सक्ने निर्णय गरेको छ । वैशाख मसान्तभित्र सक्नेगरि तालिका बनाएर कुनै पनि विद्यालयले परीक्षा लिन सक्ने आचार्यले बताए।...