काठमाडौं, २१ कात्तिक । फ्रेन्च लिग वान फुटबलमा पीएसजीले बर्डिएक्समाथि जित निकालेको छ । शनिबार राति भएको रोमान्चक खेलमा पीएसजीले बर्डिएक्समाथि ३–२ को जित निकालेको हो । खेलको २६औं मिनेटमा केलियन एम्बाप्पेको पासमा नेयमारको गोलमा पीएसजीले सुरुवाति अग्रता लिएको थियो । यस्तै, ४३औं मिनेटमा एम्बाप्पेकै पासमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए […]