लिलबाट फ्रेन्च लिग जितेका रेनाटो सान्चेज पीएसजी पुगे

२० साउन, काठमाडौं । गतसिजन लिलबाट फ्रेन्च लिग वान जितेका रेनाटो सान्चेज पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध भएका छन् । २४ वर्षीय पोर्चुगिज मिडफिल्डर सान्चेजले पीएसजीसँग पाँच वर्षको सम्झौता गरेका छन् । सान्चेज अब २०२७ सम्म पेरिसमा रहनेछन् । सन् २०१९ मा जर्मन क्लब बायर्न म्युनिखबाट लिल पुगेका सान्चेजले त्यहाँ ९० खेल खेल्दै ६ […]

सम्बन्धित सामग्री

उपाधि होडमा रहेको पीएसजी मोनाकोसँग बराबरीमा रोकियो

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) मोनाकोसँग बराबरीमा रोकिएको छ ।

फ्रेन्च लिग वान : पीएसजीको सानदार जित

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ ।  गएराति भएको खेलमा मार्सेलाई ४–० गोलले हराउँदै पीएसजीले फराकिलो जित निकालेको हो ।  पीएसजीका लागि गोन्कालो रामोसले दुई तथा अचर्फ हाकिमी र रान्डल कोलो मुआनीले एक–एक गोल गरेका थिए ।  यो जितसँगै पीएसजी ६ खेलबाट ११ अंकका साथ तालिकाको तेस्रो […]

पीएसजीलाई फ्रेन्च लिग वानको उपाधि

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले  शनिबार राति भएको खेलमा लेन्ससँग १–१ गोलको बराबरी खेल्दै फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । पीएसजीले दशौँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो । अघिल्लो सिजन उपविजेतामा चित्त बुझाएको पीएसजीले ४ खेल बाँकी हुँदै उपाधि जित्यो ।घरेलु मैदानमा खेलको ६८ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा डान्सोले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो । ८८ औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै लेन्सलाई

पीएसजी फ्रेन्च लिग उपाधि नजिक

दोस्रो स्थानको मार्सेलीलाई आइतबार राति २-१ अन्तरले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ११ औँ पटक फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेकाे छ ।शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको पीएसजीले ६ खेल अघि नै लिग उपाधी जित्ने संघारमा पुगेको हो । जितसँगै पीएसजीले ३२ खेलबाट ७४ अंक बनाएको छ भने दोस्रो स्थानको मार्सेलीको ५९ अंक छ । अब २२ अप्रिलमा हुने एन्जर्सविरुद्धको खेलमा विजयी भए पीएसजीले लिग उपाधि जित्नेछ ।घरेलु मैदानमा खेलको १२औँ मिनेटमा नेयमारले गोल गर्दा पीएसजीले अग्रता दिलाए । डुजे अलेटाल

फ्रेन्च लिग वानः पीएसजीको कठिन जित

काठमाडौं, २९ माघ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेनसमाथि जित निकालेको छ । शुक्रबार राति भएको खेल पीएसजीले रेनसलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको इन्जुरी समयमा लियोनल मेस्सीको पासमा पीएसजीका केलियन एमबाप्पेले गोल गर्दै टोलीलाई जित दिलाए । यस जितसँगै २४ खेलमा ५९ अंक जोडेको पीएसजी शीर्ष […]

हारबाट जोगियो पीएसजी

फ्रेन्च लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) हारबाट जोगिएको छ ।

फ्रेन्च लिग वानः लेन्स र पीएसजी बराबरीमा रोकिए

काठमाडौं, १९ मंसिर । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा पीएसजीले लेन्ससँग १–१ गोलको बराबरी खेलेको हो । खेलको ६२ औं मिनेटमा सेको फोफानाले गोल गर्दै लेन्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा जर्जिनियो विज्नाल्डमले गोल गर्दै पीएसजीलाई हारबाट जोगाएका थिए । यस […]

फ्रेन्च लिग : पुनरागमन जितसहित पीएसजीको सुखद सुरुआत

२४ साउन, काठमाडौं । ट्रोएसविरुद्ध पुनरागमन जितसहित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको नयाँ सिजनमा सुखद सुरुआत गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा पीएसजीले एक गोलले पछि परेको स्थिति उल्टाएर ट्रोएसलाई २-१ ले पराजित गरेको हो । २१ मिनेटभित्रै तीन गोल भएको खेलको नवौं मिनेटमा ओएलिड एल हाजिमले गोल गर्दै […]

फ्रेन्च लिग वानमा पीएसजीको विजयी सुरुआत

एजेन्सी। आच्रफ हाकिमी र माउरो इकार्डीको गोलमा पीएसजीले गएराति ट्रोएसमाथि २–१ को नतिजा निकाल्दै फ्रेन्च लिग वानमा विजयी सुरुआत गरेको छ। गत सिजन पीएसजी लिगको दोस्रो स्थानमा सीमित भएको थियो। पीएसजीका लागि हाकिमीले १९ र इकार्डीले २१औं मिनेटमा गोल गरे। त्यसअघि ओउलिड इल हाजमको गोलबाट ट्रोएसले नवौं मिनेटमा अग्रता लिएको थियो। पीएसजी अहिले बार्सिलोना छाडेका मेस्सीलाई भित्र्याउने प्रयासमा छ।