१६० अर्बको पोल्ट्री उद्योग धराशयी हुने जोखिम

काठमाडौं । सरकारले आत्मनिर्भर घोषणा गरेको पोल्ट्री उद्योग धराशयी हुने अवस्थाको डिलमा पुगेको छ । कोरोना महामारीको समयमा घाटामा गएको र त्यसपछि विश्व अर्थतन्त्रमा देखिएको सुस्तीका कारण माथि उठ्न नसक्दा १ सय ६० अर्ब लगानी रहेको व्यवसाय धराशयी हुने खतरामा पुगेको पोल्ट्री व्यवसायीले बताएका छन् । सरकारले २०७७ चैतमा पोल्ट्री उद्योगलाई आत्मनिर्भर घोषणा गरेको थियो । विश्व अर्थतन्त्रमा देखिएको उतारचढावका कारण कुखुरालाई खुवाउने दाना उत्पादन गर्ने कच्चा पदार्थ र औषधिको मूल्य अत्यधिक बढेर किसानले लागत मूल्य पनि नपाउने खतरा बढेपछि दाना र ह्याचरी उद्योग बन्द हुने क्रम बढेको बताइएको छ । नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेलका अनुसार ह्याचरी व्यवसायीले उत्पादन लागतअनुसार चल्लाको मूल्य नपाएपछि धमाधम उद्योग बन्द हुन थालेका छन् । तीन सय ६८ उद्योगमध्ये १ सय ५० बन्द भइसकेका छन् । सञ्चालनमा रहेका उद्योग पनि ६० प्रतिशत क्षमतामा मात्रै चलिरहेका छन् । त्यसैगरी १ सय १४ ओटा दाना उद्योगमध्ये ५० प्रतिशत बन्द भइसकेको व्यवसायीको दाबी छ । सामान्य अवस्थामा नेपालमा रहेका ह्याचरी उद्योगले हप्तामा ४५ लाख चल्ला उत्पादन गर्थे । अहिले चल्ला उत्पादन क्षमता २० लाखले घटेर २५ लाखमा सीमित भएको छ । ‘दाना र औषधिलगायत कच्चा पदार्थको मूल्य आकाशिएपछि किसानले चल्ला माग गर्नै छाडे,’ अध्यक्ष पौडेलले भने, ‘त्यसपछि चल्लाको लागत मूल्य पनि उठ्न छाड्यो । ५५ रुपैयाँ लागत पर्ने चल्ला ४० रुपैयाँमा विक्री गर्नुपर्ने बाध्यतामा छौं । विक्री नभएपछि लाखौं चल्ला नष्ट गर्नुपर्ने स्थिति पनि आयो ।’ यस्तो अवस्थामा पनि बिचौलियाले महीना दिन अघिसम्म भारतबाट तयारी मासु भित्र्याउँदा यस्तो अवस्था आयो,’ उनले आर्थिक अभियानसँग भने । दुई वर्षअघि दानामा प्रयोग हुने मकैको मूल्य २० रुपैयाँ किलो थियो । अहिले ४२ रुपैयाँ पुगेको छ । यसबीचमा भटमासको मूल्य ७५ रुपैयाँ किलोबाट बढेर १ सय २५ रुपैयाँ पुगेको छ । औषधिको मूल्य त्यसैगरी उकालो लागेको छ, जसले गर्दा कुखुरापालक किसान पनि पलायन हुन थालेको पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले बताए । आफैले आत्मनिर्भर घोषणा गरेको व्यवसायलाई पुन: स्थापना गर्न सरकारले खासै चासो नदिएको उनको गुनासो छ । उत्पादन लागत पनि उठाउन मुश्किल परेको अवस्थामा बैंकको ब्याज र किस्ता तिर्न सक्ने अवस्था नभएको उनी बताउँछन् । ‘त्यसैले ब्याजको पूँजीकरण गरेर साँवाब्याज तिर्ने अवधि लम्ब्याउनुपर्छ,’ महासचिव मिश्रले भने । संकटको अवस्थामा व्यवसाय सञ्चालन गर्न बाध्य बर्डफ्लुपीडित २ सय ९९ कुखुरापालक किसानले वर्ष दिनअघि नै साढे ५८ करोड रुपैयाँ क्षतिपूर्ति पाउनुपर्नेमा हालसम्म पाएका छैनन् । आफ्नो पीडामा मल्हम लगाउन सरकारले समेत चासो नदिएको किसानको दुखेसो छ । पोल्ट्री व्यवसायमा भइरहेको उतारचढावको असर उपभोक्तासम्म नै परेको छ । कच्चा पदार्थको चर्को मूल्यका कारण किसानले कुखुरा पाल्न छाडेपछि बजारमा कखुरा अभाव हुन गई महीना दिन अघिसम्म ३ सय ३० रुपैयाँ किलो पर्ने ब्रोइलर कखुराको मासुको मूल्य अहिले बढेर ३ सय ६० रुपैयाँ पुगेको मासु व्यवसायी संघले बताएको छ । अण्डाको फार्म मूल्य बढ्यो उपभोक्ता मूल्य घट्यो अण्डाको फार्म मूल्य बढेको छ भने उपभोक्ता मूल्य घटेको छ । बजारमा बिचौलिया हाबी भएपछि आफ्नो लागतअनुसारको मूल्य नपाएका अण्डा उत्पादक किसानको पहलमा नेपाल अण्डा उत्पादक संघले बुधवारदेखि अण्डाको किसान मूल्य बढाएको हो । बढेको मूल्यअनुसार किसानले प्रतिगोटा अण्डाको १० रुपैयाँ १६ पैसा पाउनेछन् । यसअघि किसानले पाउने प्रतिगोटा मूल्य ८ रुपैयाँ २५ पैसा थियो । किसानले पाउने मूल्य बढे पनि उपभोक्ता मूल्य भने घटाइएको नेपाल अण्डा उत्पादक संघका महासचिव प्रवीण केसीले जानकारी दिए । उनका अनुसार यसअघि प्रतिगोटा अण्डाको उपभोक्ता मूल्य १५ रुपैयाँ पर्ने गरेकोमा अब १३ रुपैयाँ पर्नेछ । किसानसँग भएको अण्डा विक्री हुनै छाडेपछि यस्तो गर्नुपरेको केसीले बताए । बिचौलियाले अवैध रूपमा भारतबाट अण्डा भित्र्याउँदा नेपाली किसान मर्कामा परे पनि सरकारले त्यसलाई नियन्त्रण गर्न चासो नदिएको उनले गुनासो गरे ।

सम्बन्धित सामग्री

गर्मीसँगै सर्पदंशको जोखिम

काठमाण्डाै – गर्मी बढेसँगै सर्पदंशका घटना बढ्ने जोखिम देखिएको छ । गर्मी र बर्खामा सर्प जमिनमूनीबाट बाहिर निस्कन्छन् । नेपालमा सर्पदंशबाट अघिल्लाे वर्ष १९ जनाले ज्यान गुमाएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ । कतिपय अवस्थामा उचित उपचार नहुँदा शारीरिक अपाङ्गता पनि बेहोर्नुपर्छ । नेपालका २६ जिल्लाहरू सर्पदंशबाट अति प्रभावित मानिएको छ । सर्पले टोकेपछि बेलैमा उपचार नपाउँदा, हेलचेक्र्याइँ गर्दा र धामी झाँक्रीको भर पर्दा जटिल समस्या उत्पन्न गरेको र ज्यानै समेत जाने गरेको छ । जुनोटिक तथा ...

मोटोपन भएकालाई मुटुरोगको जोखिम हुन्छ ?

मोटोपन भएकालाई मुटुरोग हुन्छ ? धेरैको मनमा उठ्ने प्रश्न हो यो । मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुको जवाफ छ, ‘जोखिम हुन्छ ।’ त्यसो भए मोटोपन र मुटुरोगसँग के सम्बन्ध छ ? दुब्लो पातलोलाई मुटुको जोखिम हुन्न ? धुलिखेल अस्पतालमा कार्यरत डा. कोजु भन्छन्, ‘मोटो भएपछि मुटुको कार्यक्षमतामा भार थपिन्छ । खासगरी शरीरमा कोलेस्टोरेलको मात्रा बढेर […]

पुल नहुँदा जोखिम

दैलेखको भगवतीमाई गाउँपालिकास्थित बालतडा खोलामा पुल नहुँदा स्थानीयहरु जोखिम मोलेर खोला पार गर्नुपर्ने बाध्यता भएको हो।...

मंकीपक्सको जोखिम नेपालमा पनि

काठमाडौं : एमाले सासंद योगेश भट्टराईले नेपालमा पनि मंकीपक्स भाइरसको जोखिम बढ्दै गएको अवस्थामा सरकार संवेदनशील हुनु पर्ने बताएका छन्।आजको प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै भारतमा समेत मंकीपक्सका संक्रमित बढ्दै गएका वेला नेपालमा समेत जोखिम बढिसकेको हुँदा सरकारले कडाइ गर्नुपर्ने धारणा उनले राखेका छन्।‘भारतमा यसका विरामी देखिसकेको अवस्थामा हाम्रोमा जोखिम बढिसकेको छ। सरकारले सीमामा कडाइ गर्नु पर्‍यो, सिमानामा परीक्षण बढाउनु पर्‍यो। भारतमा समेत चारजना विरामी देखिएको

बाँकेमा बढ्दै साना हातहतियारको जोखिम

पछिल्लो समय बाँकेमा साना हातहतियारको जोखिम बढ्दै गएको छ। भारतसँग सीमा जोडिएको यहाँका खुला सीमा र अपराधिक क्रियाकलाप बढ्दै जाँदा पनि साना हातहतियारको जोखिम बढ्दै गएको हो।...

फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम छैन : डब्लूएचओ

एजेन्सी(विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फ्रान्समा देखिएको कोभिडको भेरियन्टको जोखिम नभएको जनाएको छ । सो भेरियन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका छन् । ‘फ्रान्समा भेटिएको नयाँ भेरियन्ट हाम्रो राडरमा छ । यसको अन्यको तुलनामा बढी जोखिम छैन,’ डब्लूएचओका अब्दिल महमुदले भने । फ्रान्समा फेला परेको भनिएको भाइरसलाई आइएचयु नाम दिइएको छ ।

भीरमाथिको जोखिम सडक

खाँडाचक्र नगरपालिका–१ कालिकोट हुल्म नजिक नदीमाथि रहेको भीरको जोखिम सडक । तस्बिर : शुरबहादुर सिंह, रासस

सुदूरपश्चिममा कोरोना संक्रमण जोखिम बढ्दाे

बैतडी : सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। पछिल्लो केही साता यता सङ्क्रमणको दरले जोखिम बढ्दै गएको देखिएको हो।असोज ३१ गतेदेखिको लगातार तीन दिनको वर्षा र दशैँ तिहारको बेला घरबाहिर रहेकाहरू गाउँ फर्किएपछि यहाँ सङ्क्रमणको जोखिम बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए।उनले भने,‘ गाउँघरमा भीडभाड बढेको छ। परीक्षण हुन पाएको छैन। यसले जोखिम बढाएको छ।’ यसका साथै वर्षापछि विस्थापितहरू एकै ठाउँमा बसेकाले पनि जोखिम बढेको डा

मर्स्याङदीको वहाव रोकिँदा जोखिम

मनाङको चामेमा मर्स्याङदी नदीको वहाव रोकिँदा त्यस क्षेत्रमा जोखिम बढाएको छ । माथिबाट आएका घट्टे खोलाले मर्स्याङदीको वहावमा अवरोध सिर्जना गर्दा जोखिम बढाएको स्थानीय प्रशासनले बताएको छ ।...