डा सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश तथा संघीय चुनावमा गठबन्धनका लागि विभिन्न दलका नेताहरुको घर घर पुगेर वार्ता थालेको छ । तर कुन दलसँग गठबन्धन हुने भन्नेमा निश्चित भएको छैन । जनमत पार्टीले हालसम्म एमाले, काँग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीसँग छलफल गरिसकेको छ । यी वार्ता गरेको दलमध्ये जनमतलाई एमालेसँग चुनावी गठबन्धन गर्न सहज भए जस्तो देखिन्छ ।जनमत पार्टीका एक शीर्ष नेताले भने, ‘अहिलेसम्म हामी जुन जुन दलसँग वार्ता गर्यौं, त्यसमध्ये एम